भारतको नयाँदिल्लीमा १३ जनाको ज्यान जाने गरी सोमबार भएको बिस्फोटपछि राजधानी क्षेत्रमा आतंकवादीविरोधी कानुन लागू गरिएको छ ।
आतंकवादीविरोधी कानुन लागू भएसङ्गै त्यंहाको सुरक्षाकर्मीले कुनै पनि व्यक्तिलाई औपचारिक रूपमा आरोप नलगाईकनै पक्राउ गर्न र थुनामा राख्न सक्नेछन् । लालकिल्ला नजिकै रोकिराखेको कारमा सोमबार भएको बिस्फोटको कारण अझै खुल्न सकेको छैन । तर बिष्फोटको उक्त घटनापछि मुम्बई र उत्तरप्रदेशसहित भारतका प्रमुख रेलवे स्टेशनमा उच्च सतर्कता अपनाइएको छ । रेल्वे स्टेशन वरपर सुरक्षा निगरानी र जांच तीब्र पारिएको छ ।
नेपालसहित चीन, माल्दिभ्स, श्रीलंका र भुटानलगायतका मुलुकले बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् भने अमेरिका र बेलायतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेका छन् । यसैबीच, भुटान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार थिम्पुमा सम्बोधन गर्दै बिस्फोट घटनाका दोषीलाई नछाड्ने बताएका छन ।

