विविध साँस्कृति कार्यक्रम तथा अभिभावक भेलाका बिच राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३ औँ बार्षिकोत्सव सदनको डुमरवानास्थित विधालय परिसरमा सनिबार विविध साँस्कृतिक कार्यक्रम तथा अभिभावक भेलाका बिच सम्पन्न भएको हो । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमूख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको प्रमूख आतिथ्यतामा विभुतिको बार्षिकोत्सव सम्पन्न भएको हो ।
शिक्षा सदनकै व्यवस्थापनमा राष्ट्रिय विभूति सामुदायिकद्वारा सञ्चालित साना किसान शिक्षा सदन र ममता शिशु केन्द्रको वार्षिकोत्सव पनि एकै दिन एकै थलोमा सम्पन्न भएको विधालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर खडकाले जनाउनुभयो । विभूति एजुकेशन नेटवर्कका रुपमा राष्ट्रिय विभूति शिक्षा सदनले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ मा आधारभूत तहको साना किसान शिक्षा सदन तथा जीतपुरसिमराको वडा नम्बर १५ नयाँबस्तिमा प्रिस्कुलका रुपमा ममता शिशु केन्द्र सञ्चालन गर्दैआएको छ ।
बाराको जीतपुरसिमरामा अब्बल मानिएको संस्थागत विद्यालयका रुपमा परिचित व्यवस्थापन संकायमा कक्षा १२ सम्म अध्यापन गराउँदैआएको छ । शिक्षासँगै विविध साँस्कृतिक कार्यक्रम र खेदकुदसँगै अतिरिक्त कृयाकलापका विविध गतिबिधिमा छात्रछात्रालाई सँलग्न गराई विधार्थीको व्यक्तित्व विकासमा अग्रणी भुमीका निर्वाह गर्दैआएको बिभुतिले कक्षा १२ मा अध्ययनरत विधार्थीहरुलाई पढदै काम सिक्दै कार्यक्रममा पनि विधार्थीहरुलाई सहभागि गराउँदैआएको छ ।
सनिवार सम्पन्न बार्षिकोत्सवका सहभागीहरुले सिमराको मुख्य शहरभन्दा बाहिर रहेर पनि विभुतिले अतिरिक्त कृयाकलापमा आफूलाई अब्बल सावित गरेको भन्दै विभूति व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए । वार्षिकोत्सव समारोहमा सिमरा पब्लिक ईगलिस स्कुल सिमराका प्रिन्सिपल बसन्त ढकाल, नीजि तथा आवासीय विद्यालय एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, जीतपुरसिमरा १४ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजुप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा वाईवा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका विभिन्न संस्थागत विद्यालय तथा अन्य संघसंस्थाका प्रतिनिधीसँगै विधार्थी र अभिभावकहरुको बाक्लै उपस्थिती रहेको थियो । विद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक किशोरबाबु श्रेष्ठले गर्नुभएको थियो । विधालय परिसर बाहिर विभुतिको प्लसटु तर्फ अध्ययनरत विद्यार्थीहरुले फुड फेस्टिबलको आयोजना समेत गरेका थिए भने विभिन्न कक्षामा अध्ययनरत विधार्थी तथा शिक्षक शिक्षिकाहरुले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको लोक सँस्कृति संस्कृति झल्किने गित तथा नृत्य प्रस्तुत गरेका थिए ।