Advertisement
भिडियो

औराहा उपभोक्ता सहकारिको १७ औं बार्षिक साधारण सभा सम्पन्न : तरलताको अवस्था राम्रो भएकोले ढुक्क भएर बचत गर्न तथा ऋण लिन सुझाव

Advertisement

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहास्थित औराहा उपभोक्ता सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष पुर्णचन्द्र तिमिल्सिनाको अध्यक्षता तथा बाराको जितपुरसिमरा उपमहानगरपलिका वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री (इश्वर) को प्रमुख आतिथ्यतामा उक्त सहकारिले सनिबार औराहास्थित देवाश्रममा आफ्नो १७ औं साधारण सभा सम्पन्न गरेको हो । १७ औं बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष पुर्णचन्द्र तिमिल्सिनाले संस्थाको बिगत र बर्तमान अवस्थाका बिषयमा आफ्नो प्रतिबेदन पेश गरे । १७ बर्षअघि स्थापना भएको औराहा उपभोक्ता सहकारि आफ्नो स्थापनाको अधिकांश बर्ष झोलामा बिताए पनि पछिल्लो समय शेयर सदस्यसङ्गै सन्चालक समितिका पदाधिकारिले देखाएको सकृयता र समर्पण भावका कारण अहिले संस्थाको आफ्नै भवन निर्माणाधिन अवस्थामा रहेको र यस बर्ष सदस्यलाई लाभांश बितरण गर्न समेत सफल भएको अध्यक्ष तिमिल्सिनाले बताएका छन ।

१७ औं साधारण सभामा शुभकामना मन्तब्य राख्दै संस्थाका पुर्व कोषाध्यक्ष तथा पुर्व लेखा समिती संयोजक दिपक भट्टले आफैले बिधान बनाई २०६५ सालमा बिधिवत रुपमा स्थापना गरेको औराहा सहकारी स्थापनाको १० बर्षसम्म सुषुप्त अवस्थामा रहेपनि अहिले बचत र ऋणको प्रवाहसङ्गै सहकारी पसल समेत खोलेर सेवा दिएकोमा खुशी ब्यक्त गरे ।  पहिला सुषुप्त सहकारिले बितेको ७ बर्षमा एउटा नयां उचाई कायम गर्दै बार्षिक करिब ७ करोड रुपैया बराबरको कारोबार गर्न सफल भएकोमा बर्तमान संस्थाका अध्यक्ष तिमिल्सिना र उनको कार्यसमितिका पदाधिकारिको योगदानको उनले खुलेर सराहना गरे । मुलुककै अधिकांश सहकारिको अवस्था नाजुक देखिएको बेला औराहा उपभोक्ता सहकारी संस्थाको तरलताको अवस्था राम्रो देखिनुले संस्थामा बचत गर्न तथा ऋण लिन उपभोक्ता ढुक्क हुने अवस्था रहेको उनको भनाइ थियो ।

१७ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्बे क्रममा सभाका प्रमुख अतिथी तथा वडा नम्बर ४ का अध्यक्ष खत्रीले संस्थाले बचतकर्तामा भरेको उत्साह र ऋण लगानिसङ्गै पसल सन्चालनमा देखाएको सकृयताको सराहना गर्दै संस्थाका लागि आफुले पुर्याएको योगदानको बिषयमा आफ्नो बिचार प्रस्तुत गरे । उनले उपभोक्ता सहकारी अरु सहकारिमा गाभ्ने चर्चा र दबाब चलिरहंदा आफुले गरेको पहलले उपभोक्ता सहकारिलाई एउटा अबिच्छिन्न संस्थाको रुपमा अघि बढेको देख्न पाएकोमा खुशी लागेको बताए । १७ औं साधारण सभाको अवसरमा सहकारिले संस्थाका उपभोक्ताहरुले विविध क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कदरपत्रद्वारा सम्मान गरेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप