Advertisement
भिडियो

सुर्य उपासनको पर्व छठ आजदेखि विधिवत रुपमा शुरु : पहिलो दिन नहाय खाय

Advertisement

चार दिनसम्म मनाईने सुर्य उपासनको पर्व छठ आजदेखि विधिवत रुपमा शुरु भएको छ ।
छठको पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीका दिन नुहाएर चोखो भई शुरुवात गर्ने छठ ब्रतका ब्रतालुहरुले आज पहिलो दिन नहाय खाय गरेर ब्रतको शुरुवात गरेका हुन् । पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीका दिन नदी, तलाउ, पोखरी जस्जा जलासयमा गएर नुहाएर खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । शुद्ध र पवित्र भएर गरिने छठ पर्वका लागि प्रायः तिहारदेखि नै माँसाहारी खानेकुरा निषेध गरिन्छ । तर नहाय खाए को विधि गरेपछि ब्रत बसेका ब्रतालुहरुको भान्सा समेतमा अनिवार्य रुपमा माछा, मासु, लसुन, प्याजसहित ब्रतमा प्रतिबन्ध गरिएका सामग्रीहरूको प्रवेशमा प्रतिबन्ध लाग्छ । छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ । त्यस दिन बिहानदेखि नै निर्जल ब्रत बसेका ब्रतालुहरुले रातिमा मिठा अर्थात सख्खरमा बनाइएको खीर र रोटीको प्रसाद बनाएर घरमै देउता स्थानमा सुर्य देवलाई चढाएर खाने गर्छन । छठको दोश्रो दिनको विधिलाई ब्रतालुको भाषामा ‘खरना’ भन्ने गरिन्छ । नियम निष्ठा र विधिपूर्वक मनाईने साँझा सांस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने अर्घका सामग्रीहरूको जोहो र किन मेल गर्न यस दिन ब्रतालुहरु व्यस्त हुन्छन ।
ब्रतको तेश्रो दिन अर्थात कार्तिक शुक्ल षष्टीका दिन अस्ताउँदो सुर्यलाई अर्घ दिईन्छ । सूर्य देवको उपासना गरिने छठको तेश्रो दिन व्रतालुले एक बिहानै नुहाई धुआई गरी निराहार ब्रत बस्छन । यस दिन अर्घका लागि तयार गरेका ठेकुवा, कसार जस्ता शुद्ध पकवान र केरा, स्याउ, सुन्तला, नारिवल, निबुवा, सुकेको बोडी, मुला, अदुवा जस्ता कृषि उपजबाट तयार गरिएका अद्र्धका सामानहरु माटोको ठकनी र बाँसको सुपामा सजाएर त्यसलाई बाँसको टोकरी, डालामा राखेर अस्ताउँदो सुर्यलाई अर्घ दिन नजिकको छठघाटमा पुग्छन । तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सँभिया घाट भनिन्छ । पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई बिहनिया घाट अर्थात बिहानको अर्घ भनिन्छ । कार्तिक शुक्ल सप्तमीका नि उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ ब्रतको समापन हुन्छ । त्यसपछि छठघाटबाट घर फर्केर ब्रतालुहरुले छठको प्रसाद आफु खाने र परिवारका सदस्यलाई खुवाउन काम हुन्छ । त्यस दिन दिनभरी नै छठको प्रसाद आफन्तकोमा पुर्याउने काम गरिन्छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप