बाघ संरक्षणलाई प्रभावकारी बनाउन निकुन्जद्वारा बाघ मित्रहरुलाई साइकल र मोबाईल बितरण

बाघ संरक्षणलाई प्रभावकारी बनाउन तथा मानव बन्यजन्तु बिचको द्वन्द न्युनिकरणलाई सहज बनाउन पर्सा राष्ट्रीय निकुन्जको कार्यालय आधाभारले मध्यवर्ति क्षेत्र अन्तर्गत रहेका बाराका दुई र पर्साका चार गरि ६ वटा उपभोक्ता समितिबाट २/२ जना गरि कुल १२ जना बाघ मित्रहरुलाई  एक एक थान साइकल तथा मोबाइल प्रदान गरेको छ ।

मानव वन्यजतु द्वन्द हुने जोखिमको क्षेत्र र सरोकारवालाको पहिचानसङ्गै बाघ मित्रहरुको छनौट गरि उनिहरुलाई प्रशिक्षण दिएर स्वयम सेवकको रुपमा परिचालन गरेको पर्सा राष्ट्रीय निकुन्जले संरक्षण कार्यमा खटिने स्वयम् सेवकलाई प्रबिधिमा सहयोग पुर्याउने उद्देश्यले साइकल र मोबाइल सेट प्रदान गरेको हो । मध्यवर्तिमा मानव वन्यजन्तु द्वन्दका कारण मानवसङ्गै बाघको मृत्यु दर बढेकोले बाघको संरक्षणमा चुनौती थपिएको निष्कर्ष निकाल्दै बाघ मानव  शत्रु नभै मित्र हो भन्ने तथ्यलाई उजागर गर्न र बाघलाई शत्रु जिवको रुपमा नभै मित्र जिवको रुपमा व्यवहार गर्न पर्सा राष्ट्रीय निकुन्जले सन २०२४ देखि बाघ मित्र कार्यक्रम अभियानकै रुपमा शुरु गरेको हो । बाघ संरक्षणमा एकरुपता ल्याउन वन र निकुन्ज दुबैको संयोजनमा उक्त कार्यक्रम लागू गरि बाघ मित्रहरुको छनौट गरिएको थियो । छनौटमा परेका बाघ मित्रहरुलाई प्रशिक्षण दिएर संरक्षणका लागि तयार गरेको निकुन्जले बाघ मित्रका लागि तयार गरिएको १० बुन्दे आचार संहिता पालन गर्ने प्रतिबद्धता समेत गराएको थियो ।

भबिष्यमा एक घर एक बाघ मित्र तयार पार्ने अवधारणा अनुरुप थप गतिबिधी सन्चालन गर्ने तयारिमा लागेको निकुन्जले मध्यवर्ती अन्तर्गतका समितिबाट छनौट गरेको ३ महिला र ९ पुरुष गरि १२ जना बाघ मित्रहरुलाई प्रबिधिमा सहयोग गर्न साइकल र मोबाइल प्रदान गरिएको निकुन्जका सहायक संरक्षण अधिकृत एवम सुचना  अधिकारी सन्तोष भगतले बताउनुभयो । संरक्षणमा लागेका बाघ मित्र स्वयम् सेवकका लागि यातायात र सुचनामा सहज पहुच स्थापित गर्न निकुन्जले प्रदान गरेको प्रबिधिलाई संरक्षणकै कार्यमा प्रयोग गर्न र त्यसको दुरुपयोग नगर्न मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले बाघ मित्रलाई सुझाव तथा आग्रह समेत गर्नुभयो ।

संरक्षणलाई प्रभावकारी बनाउन निकुन्जले अभियानको रुपमा अगाडि बढाएको बाघ मित्र कार्यक्रमले बाघको मात्र नभै बाघको आहारा प्रजातिको समेत संरक्षणमा प्रभावकारी भुमिका निर्वाह गर्ने भएकोले बाघ र मानवबिचको द्वन्दलाई न्युनिकरण गर्दै यसले बाघ मानव सहअस्तित्वको वातावरण निर्माण गर्ने निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो ।

बाघ मित्रहरुलाई साइकल तथा मोबाइल बितरण कार्यक्रममा पर्सा राष्ट्रीय निकुन्जको संरक्षणमा खटिएको नेपाली सेना सबुज दल गणका प्रमुख सेनानी अनुप सिंह बस्नेतसङ्गै मध्यवर्ती अन्तर्गतका समिती लगायत संरक्षणमा लगेका अन्य सरोकारवाला समेतको उपस्थिती रहेको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप