बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित औराहा उपभोक्ता सहकारी संस्थाले अधिवेशन सहितको १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।अधिवेशन सहितको १८ औं साधारण सभाले सुमन प्रसाद सुबेदीको अध्यक्षतामा ९ सदस्यिय कार्यसमति तथा भरत प्रसाद अधिकारीको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति चयन गरेको छ ।
संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिनाको अध्यक्षतामा सनिवार भब्य रुपमा सम्पन्न औराहा उपभोक्ता सहकारी संस्थाको अधिवेशन सहितको १८ औं साधारण सभामा संस्थाका अध्यक्ष तिमिल्सिनाले संस्थाको संस्थागत बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । २०६५ सालमा विधिवत रुपमा स्थापना भई सन्चालनमा आएको औराहा उपभोक्ता सहकारी संस्थाले आफ्नो १८ औँ साधारण सभासम्म आईपुग्दा भोगेका कठिनाईसंगै संस्थाले प्राप्त गरेको उपलब्धिका विषयहरु प्रतिवेदन मार्फत सार्वजनिक गर्नुभयो ।
आफु अध्यक्ष हुंदा आफ्नो नेतृत्वको सन्चालक समितिले ४ लाख ४१ हजार रुपैयाको कारोबार बुझिलिएको बताउंदै हालको अवस्थामा उक्त कारोबारमा बृद्धि भई ७ करोड ३१ लाख एकान्नबे हजार रुपैया पुगेको अध्यक्ष तिमिल्सिनाले प्रतिवेदन मार्फत सार्वजनिक गर्नुभयो । संस्थाले प्राप्त गरेको उक्त उपलब्धि सन्चालक समितिको सक्रियता र ईमान्दिारिताका साथै उपभोक्ताहरुको संस्थाप्रतिको मायाले प्राप्त भएको उंहाले बताउनुभयो ।
देशको बिषम सामाजिक आर्थिक परिस्थितिका बिच अन्य सहकारीहरु ऋणमा सन्चालन भईरहेको अवस्थामा औराहा उपभोक्ता सहकारी संस्था बिना ऋणमा सन्चालन भएको र संस्थामा तरलता पर्याप्त भएर पनि संस्थाले १६ लाख १८ हजार ३ सय ७३ रुपैयामा मुनाफामा रहेको बताउंदै यस वर्ष उपभोक्तालाई ७.५ प्रतिशत लाभार्ष बितरण गरिने लक्ष्य राखेको कुरा सार्वजनिक गर्नुभयो ।
१८ औ बार्षिक सधारण सभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा सुपरिवेक्षण प्रतिबेदनसंगै संस्थाको आयव्यय प्रतिवेदन सार्वजनिक गरिएको थियो । संस्थागत प्रतिवेदनसंगै औराहा उपभोक्ता सहकारी संस्थाले गरेको विभिन्न निर्णय तथा प्रतिवेदनहरु अनुमोदनका लागि १८ औँ साधारण सभामा पेश गरिएको थियो । जसलाई उपभोक्ताहरुले सर्व स्विकार्य रुपमा अनुमोदन गरेका थिए ।

१८ औँ अधिवेशनका सभाअध्यक्ष औराहा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिनाले पुरानो कार्यसमिति भंग गरेसंगै जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी विभागको प्रमुखको संयोकत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रकृया अघि बढाएको थियो । निर्वाचनले अध्यक्षमा सुमन प्रसाद सुवेदी, उपाध्यक्षमा मिरा ढकाल, सचिवमा रेखु सापकोटा, कोषध्यक्षमा नमुना कुमारी खत्री र सदस्यहरुमा शर्मिला पुडासैनी, जीवन खतिवडा, नानुमाया ढकाल, लक्ष्मी भट्ट र शेष अतिम उल्लाहलाई निर्वातिच गरेको हो । त्यस्तै लेखा समति संयोजकमा भरत प्रसाद अधिकारी र सदस्यमा प्रमोद लामिछाने तथा मन्चु चौलागाईंलाई निर्वाचित गरेको हो ।


