औराहा उपभोक्ता सहकारी संस्थाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले लिए पद तथा गोपनियताको सपथ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित औराहा उपभोक्ता सहकारी संस्थाको अधिवेशन सहितको १८ औं बार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको आज सपथग्रहण सम्पन्न भएको छ ।
१८ औं साधारणसभाले जीतपुरसिमरा उपमहानगरपालिकाकी सहकारी विभागका प्रमुख दुर्गा न्यौपानेको संयोकत्वमा चयन गरेको कुमारनाथ त्रिपाठी र डिल्लीराम खरेल समेतको निर्वाचन समितिले सनिवार निर्वाचन सम्पन्न गरेको थियो । सम्पन्न निर्वाचनबाट सुमन प्रसाद सुबेदीको अध्यक्षतामा निर्वाचित ९ सदस्यिय कार्यसमतिका पदाधिकारीसंगै भरत प्रसाद अधिकारीको संयोजकत्वमा निर्वाचित ३ सदस्यिय लेखा समितिको आज सपथग्रहण सम्पन्न भएको हो । आईतबार आयोजित एक समारोहका बिच निर्वाचन समितका संयोजक दुर्गा न्यौपानेले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएको हो ।

सनिवार भब्य रुपमा सम्पन्न औराहा उपभोक्ता सहकारी संस्थाको अधिवेशन सहितको १८ औं साधारण सभाले अध्यक्ष पदमा सुमन प्रसाद सुवेदी, उपाध्यक्षमा मिरा ढकाल, सचिवमा रेखु सापकोटा, कोषध्यक्षमा नमुना कुमारी खत्री र सदस्यहरुमा क्रमशः शर्मिला पुडासैनी, जीवन खतिवडा, नानुमाया ढकाल, लक्ष्मी भट्ट र शेष अतिम उल्लाहलाई निर्वाचित गरेको थियो ।

त्यस्तै लेखा समति संयोजकमा भरत प्रसाद अधिकारी र सदस्यमा प्रमोद लामिछाने तथा मन्जु चौलागाईंलाई निर्वाचित गरेको हो । निर्वाचित सबै पदाधिकारीहरुको सपथग्रहण भएसंगै नर्या कार्यसमितिले औराहा उपभोक्ता सहकारीको कार्यभार सम्हालेका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप