फेंटामा अस्पताल बिवाद : प्रहरिको गोलि लागेर एक जना गम्भीर घाइते

अस्पताल भवन उद्घाटनको बिषयलाई लिएर बाराको बाराफेटा गाउँपालिका-३ मा भएको बिवाद चुलिदै गएको छ ।

फेंटा ३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटनका विषयमा भएको विवादमा प्रहरीले गोलि चलाएपछी बिबाद चुलिएको हो । बिबादलाई सम्बादको माध्यमबाट समाधान गर्नुपर्नेमा प्रहरिले आवश्यकताभन्दा बढी बल प्रयोग गरेर गम्भीर त्रुटि गरेको आरोप लगाउंदै स्थानियले घटनाको निष्पक्ष छनबिन र दोषी प्रहरी उपर कार्यवाहिको माग गरेका छन । प्रहरीले संयमता नअपनाई गोलि चलाउदा एक जना स्थानिय  गम्भिर घाइते भएका छन् भने लाखौँको भौतिक सम्पतिमा क्षति पुगेको छ ।
फेंटामा नवनिर्मित भवनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचिवालय सदस्य समीक्षा बास्कोटाद्वारा दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने सम्पूर्ण तयारी पूरा भएको थियो। तर उद्घाटनअघि पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल साह कलवारको नेतृत्वमा २०-२५ जनाको समूहले कार्यक्रम बिथोल्ने उद्देश्यले मञ्च र शिलालेख तोडफोड गरेको थियो।
अस्पताल उद्घाटनका क्रममा विवाद सिर्जना हुने देखेर स्थानीय प्रशासनले बिहानै वरिष्ठ सईको नेतृत्वमा प्रहरी पठाएको थियो।

अवस्था सामान्य भइसकेपछि प्रसौनीबाट त्यहाँ पुगेका प्रहरी निरीक्षक सुमन लामाले एक्कासि गोली चलाउने र केही व्यक्तिलाई धरपकड गर्ने प्रयास गरेपछि अवस्था गम्भीर बनेको त्यंहाका स्थानियले बताएका छन । प्रहरी निरीक्षक लामाले गोली चलाएपछि आक्रोशित स्थानियले गाउँपालिकाका १० वटा मोटरसाइकलसङ्गै  अन्य सवारीसाधन र भौतिक संरचनामा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए।

दुई पक्षको बिवादमा प्रहरिले संयमता नअपनाउंदा सञ्चालनको अन्तिम तयारीमा रहेको अस्पताल तोडफोड भएको र स्वास्थ्य सेवा समेत प्रभावित हुने देखिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले प्रहरीबाट गम्भीर त्रुटि हुँदा गोली लागेर १६ वर्षीया आदिती पासवान गम्भीर घाइते भएको बताए। पासवानको आन्द्रामा गोली लागेको र शल्यक्रियापछि अवस्था खतरामुक्त रहेको उनले जानकारी दिएका छन । फेंटामा सङ्घीय सरकारको १२ करोड ८९ लाख रुपैयाँ लागतमा अस्पताल निर्माण भएको हो।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप