Advertisement
भिडियो

जेन-जी आन्दोलनमा क्षतिग्रस्त वीरगञ्ज महानगरलाई एनपिएलको सहयोग

Advertisement

जेन जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएको आगजनी र  लुटपाटका कारण क्षतीग्रस्त वीरगञ्ज महानगरपालिकाको कार्यालय सन्चालनमा सहजता ल्याउन नेपाल फर्मास्युटिकल्स प्रा लि (एनपिएल) ले कम्प्युटर लगायतका सामाग्रीहरु सहयोग गरेको छ ।

समाजप्रति निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल फर्मास्युटिकल्स प्राली  (एनपीएल) को समाज कल्याण संस्थाले महानगरलाई आज सात थान डेस्कटप कम्युटर र तीन थान प्रिन्टर सहयोग स्वरूप उपलब्ध गराएको एनपिएलका मानव संसाधन बिभागका बिबेक ठाकुरले जनाएका छन । वीरगञ्ज महानगरपालिकाको कार्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रम मार्फत संस्थाका निर्देशक अरविन्द अमात्यले उक्त सामग्री हस्तान्तरण गरेको ठाकुरले बताए ।  आन्दोलनको क्रममा भवन र कार्यालय सामग्री पूर्ण रूपमा क्षतिग्रस्त भएकाले महानगरले दिने दैनिक सेवा प्रवाहमा समस्या हुंदैअएको थियो । आगजनी र लुटपाटबाट क्षतिग्रस भै महानगरको सेवा सन्चालनमा कठिनाई भएको अवस्थामा महानगरले प्रदान गर्ने सेवामा सहजता ल्याउन आफुले महानगरलाई सहयोग गर्न पाउँदा निकै खुशीको अनुभुति भएको निर्देशक अरबिन्द अमात्यलाई उद्घृत गर्दै ठाकुरले बताएका छन । क्षतिग्रस्त बिरगन्ज महानगरको कार्यालय सन्चालनमा सहजता ल्याउन बिरगन्जस्थित विभिन्न संघ–संस्था, उद्योगि तथाव्यावसायिक घरानासङ्गै सामाजिक संघसंस्थाहरुबाट सहयोग प्राप्त भैरहेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप