सिमावर्ती क्षेत्र भारत बिहार राज्यको पुर्वी चम्पारण जिल्लामा दोश्रो चरणको बिधान सभा निर्वाचनको सुरक्षालाई लिएर बोर्डर सिल गरिएको छ ।
यहि कार्तिक २५ गते अर्थात ११ नोभेम्बरमा हुने निर्वाचनमा हुनसक्ने घुसपैठ र अवान्छित कृयाकलापलाई निरुत्साहित गर्न र निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन कार्तिक २२ गतेदेखी कार्तिक २५ गते सांझ ६ बजेसम्म बिरगन्ज लगायत पर्साका सिमानाकाहरु सिल गरिएको जिल्ला प्रशासन पर्साले जनाएको छ । निर्वाचलाई प्राभाव सक्ने तत्वलाई निरुत्साहित गर्न र शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गराउन नेपाल भारत सिमा समन्वयको बैठकबाट निर्णय भै गरिएको पत्रचार अनुसार सिमा सिल गरिएको हो । सिमा सिल गरिएको अवधिमा आकस्मिक सेवा बाहेक वरिपारी गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।

