Advertisement
भिडियो

मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

Advertisement

सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधिश नित्यानन्द पाण्डेयको इजलासले आज पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गर्नुभएको थियो । पदमुक्त भएका सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च ले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप