Advertisement
भिडियो

बाराको सीमरामा उत्पन्न सुरक्षा चुनौतिलाई लिएर प्रहरिले गर्यो सरोकारवालासङ्ग अन्तर्कृया : प्रहरिको कार्यशैलिमा सुधार गर्न सुझाव

Advertisement

बाराको सिमरामा एमाले र जेनजी युवाबिच भएको बिवादलाई लिएर उत्पन्न सुरक्षा चुनौतिको बिषयमा आज प्रहरीले स्थानिय सरोकारवालासंग  अन्तर्कृया गरेको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी गोविन्द थपलिया र हालै बारामा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख एसपी नरेन्द्र कुंवरले स्थानिय पत्रकारसङ्गै नागरिक समाजका अगुवाहरुसङ्ग इलाका प्रहरी कार्यालय सिमरामा अन्तर्कृया गरेको हो । अन्तर्कृयाको क्रममा एमालेका युवा कार्यकर्ता र जेनजिबिच गएको ३ गते भएको झडप र त्यसले निम्त्याएको सुरक्षा चुनौतिलाई लिएर सरोकारवालाले आफ्नो बिचार राखेका थिए । प्रहरिको सानो असावधानिले सिमरा घटनालाई बल दिएको र समाजमा अशान्ती र असुरक्षाको अवस्था सृजना गरेको सरोकारवालाले आरोप लगाए । प्रहरी अपराध नियन्त्रण र शान्तिसुरक्षाभन्दा पनि राजमार्गमा हुने आर्थिक गतिबिधिमा बढी केन्दृत हुंदा  राजमार्गसङ्गै त्यस क्षेत्रका स्थानियहरु पछिल्लो समय असुरक्षित हुँदै गएको बताए । प्रहरिको काम कार्यवाहिलाई लिएर युवाहरुमा बढेको आक्रोसले स्थानिय मात्रै नभएर प्रहरी समेत असुरक्षित हुने अवस्थाको शृजना भएको बर्तमान अवस्थामा प्रहरिले आफ्नो कार्यशैलिमा सुधार गर्न आवश्यक रहेको सरोकारवालाले सुझाव दिएका छन  । सारोकारवालाले लागाएको आरोपलाई आत्मसात गर्दै प्रहरी संगठनमा सुधार गर्न आफू प्रतिबद्ध भएको मधेश प्रदेश प्रहरी प्रमुख डिआइजि थपलिया र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कुंवरले जनाएका थिए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप