Advertisement
भिडियो

सिमरा खानेपानीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी

Advertisement

बाराको जितपुरसिमरास्थित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ ।

सोमबार बिहान ४ बजे सम्पन्न भएको मतगणनाको अन्तिम परिणामले ११ जनाको नयाँ कार्यसमितिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको हो । सम्पन्न मतगणनाको नतिजाअनुसार अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्षमा हरिप्रसाद सिम्खडा, सचिवमा अमृत बस्याल, सहसचिवमा कृष्णकुमार रिमाल, कोषाध्यक्षमा रामकुमार अर्याल, महिला सदस्यहरूमा  दिलुमाया तमाङ, सुष्मा पण्डित र खुला सदस्यहरूमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ जागेश्वर पौडेल र सूर्यसिंह क्षेत्री रहेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ का गरी  ५ हजार ५ सय उपभोक्ता रहेको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन गएको शनिवार सम्पन्न भएको हो । सम्पन्न निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, रास्वपासहितका राजनैतिक दलले अध्यक्षमा ५ जना सहित ५२ जना उम्मेदवार उठाएका थिए । ११ सिटका लागि भएको निर्वाचनमा  रास्वपाको पुरै प्यानल नै बिजयी भएको हो ।

लगातार चार कार्यकाल अर्थात १६ वर्षसम्म नेता कासिम हुसेनको नेतृत्वमा रहेको सिमरा खानेपानीले यश अवधिमा  ५ वडामा स्थानियलाई  स्वच्छ र स्वस्थ्य खानेपानी सहज रुपमा उपलब्ध गराउन चार वटा ओभरहेड ट्यांकिको निर्माण गरि  उपभोक्ताको घरसम्म सहज ढङ्गले खानेपानीको प्रबन्ध गर्दै संस्थाको खातामा करिब ४ करोड रुपैया बचत गर्न सफल भएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्नलाई निशुल्क धारासङ्गै शौचालय निर्माणमा सहयोग गर्दैआएको सिमरा खानेपानीले बिपन्न जेहेन्दार बिधार्थिलाई छात्रबृती र स्थानिय सिमरा कलेजको पुर्वाधार निर्माणमा सहयोग गर्दैआएको थियो । संस्थाले अहिलेसम्म गर्दैआएको कामलाई संस्थागत गर्दै खानेपानी तथा सरसफाइको क्षेत्रमा एउटा नयाँ कोशेढुङ्गा स्थापित गर्न उपभोक्ताहरुले नयां निर्वाचित कार्यसमितिको कांधमा अवसर र चुनौती दुबै दिएको छ । त्यसमा नयां कार्यसमिती कति सफल वा असफल हुन्छ, त्यो अहिले सिमराबासिमा चर्चाको बिषय बनेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप