Advertisement
भिडियो

सिमरा खानेपानीको नयां कार्यसमितिका पदाधिकारिहरुको सपथग्रहण सम्पन्न

Advertisement

सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित नयां कार्यसमितिका पदाधिकारिहरुको आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित समितिको कार्यालय परिसरभित्र सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । समितिमा नवनिर्वाचित पदाधिकारिहरुलाई एक समारोहकाबिच निर्वाचन समितिका अध्यक्ष शालिकराम अधिकारिले सपथग्रहण गराउनुभएको हो । पदाधिकारिहरुको सपथग्रण सम्पन्न भएसङ्गै समितिका निबर्तमान अध्यक्ष कासिम हुसेनले समितिको माइन्युट पुस्तिका नवनिर्वाचित अध्यक्ष युवराज न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

लगातार चार कार्यकाल समितिको अध्यक्ष भएर सिमरा खानेपानीको ब्यवस्थापनमा आफ्नो अमुल्य योगदान पुर्याउनुभएका निबर्तमान अध्यक्ष कादिम हुसेनले माइन्युट पुस्तिका हस्तान्तरण गर्नुअघि उपभोक्ताको बदलिदो अपेक्षालाई आत्मसात गर्दै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य पानी उपलब्द्ध गराउन बर्तमान समितिका लागि चुनौतिको बिषय भएको बताउंदै समितिले आवश्यक ठानेमा त्यसमा सक्दो सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।  सपथग्रण कार्यक्रममा उपस्थित सरोकारवाला वक्ताहरुले सिमरामा खानेपानीको ब्यवस्थापनमा पुर्व र निबर्तमान कार्यसमितिका पदाधिकरिहरुले पुर्याएको योगदान र रचेको इतिहांसलाई संस्थागत गर्दै नयां कार्यसमितिले थप रचनात्मक काम गर्न कार्यसमितिका पदाधिकारिहरुलाई सुझाव दिएका छन ।

निर्वाचन समितिका अध्यक्ष शालिकराम अधिकारिको अध्यक्षता तथा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा निर्वाचनका प्रतिष्पर्धी उम्मेद्वारहरुसङ्गै समितिका निबर्तमान अध्यक्ष कासिम हुसेन तथा अन्य सरोकारवालाले नयां कार्यसमितिको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन ।  आजदेखी पदभार ग्रहण गर्नुभएका अध्यक्ष युवराज न्यौपानेले भने परभार ग्रण गर्नुअघि उपभोक्ताको अपेक्षा अनुसारको काम गर्न बर्तमान समितीले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप