ट्राफिक प्रहरीले ज्यादति गरेको भन्दै बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि ट्रक तेर्साएर ट्रकका चालकहरू धर्नामा बसेका छन् ।
पराल तथा भुस बोकेर गन्तब्यमा पुग्न गुडेको ट्रकलाई विभिन्न ठाउँमा रोकेर ट्राफिकले जरिवानावापत चिट काट्ने र त्यसमाथि अतिरिक्त रकम समेत असुल्ने गरेको आरोप लगाउँदै ट्राफिक प्रहरीको ज्यादतिको अन्त गरी समस्याको स्थायी समाधान गरिनुपर्ने माग गर्दै उनीहरु राजमार्गमा ट्रक तेर्साएर धर्नामा बसेका हुन् । सडकमा खटिएका ट्राफिक प्रहरीले पहिला पनि दुख दिनेगरेपनि मंगलबारबाट मधेश प्रदेशका जिल्लाहरूमा पराल तथा भुस बोकेका गाडीहरूमाथि ट्राफिक प्रहरीले अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै चालकहरूले बुधबार दिउँसोदेखि ट्राफिक प्रहरी कार्यालय अगाडि धर्ना दिएका हुन् ।

उनीहरुको धर्नाका कारण बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट पराल तथा भुस बोकेर विभिन्न ठाउँका लागि गुडेका करिब सयभन्दा बढी गाडीहरू राजमार्गमा रोकिएका छन् । तराईका वभिन्नचा जिल्लाबाट पराल तथा भुस बोकेका गाडुहरु मकवानपुर, चितवन, धादिङ्ग लगायतका पहाफी जिल्लामा पुग्छन । त्यस्ता गाडिहरुले भब्बर रुपमा पराल वा भुस बोकेको भन्दै बाटोमा खटिएको ट्राफिकले जरिवानावपत चिट काट्ने गरेको छ । तर त्यसरी जरिवाना काटेका गाडिहरुलाई पनि वभिन्नल ठाउंमा रोक्दै ट्राफिक प्रहरिले अतिरिक्त रकम उठाउनेगरेको र रकम नबुझाए दुख दिनेगरेकाले आफुहरु पहिलेदेखी नै मारमा परेको चालकहरुले गुनासो गरेका छन । बाटोमा ट्राफिकले दिने समस्याको स्थायी समाधान नभएसम्म आफुहरु गाडी रोकेर धर्नामा बस्ने उनिहरुले जनाएका छन ।

ट्राफिक प्रहरीको ज्यादतिको बिरोध गर्दै धर्नामा बसेकाहरूले विभिन्न जिल्लाका गाई तथा भैसी पालक किसानलाई अहिले पराल सस्तो भएकोले स्टक गर्ने चटारो भएको र किसानले पनि धान भित्र्याएर पराल बिक्रीमा राखेको बेला ट्राफिकले आनवश्यक दुख दिएको गुनासो गरेका छन । नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष सन्तोष कार्कीले पशुपालन तथा च्याउ खेती गर्ने किसानले पराल स्टक गर्ने बेला ट्राफिक प्रहरीले अवरोध सिर्जना गर्दा आफूहरू मारमा परेको बताउँदै सरकारी स्तरबाट यसको स्थायी समाधानको माग गरेका छन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले भने ट्राफिकमाथी चालकहरुले लगाएको आरोप निराधार भएको बताउदै चालकसङ्ग अतिरिक्त रकम असुलेको प्रमाण प्राप्त भएमा त्यस्ता प्रहरीलाई कार्यवाही गर्न आफुले कुनै कसर बाकि नराख्ने बताउनुभयो । भब्बर’लोडका कारण राजमार्गमा हुनसक्ने क्षति र दुर्घटनाको जोखिम कम गर्न आफूहरू सक्रिय भएको उँहाको भनाई थियो ।

