Advertisement
भिडियो

निकुन्जको टोलिद्वारा भारी मात्रामा लागुऔषध गांजा बरामद

Advertisement

पर्सा राष्ट्रीय निकुन्जको कोर क्षेत्रभित्र खटिएको निकुन्जको गस्ती टोलिले भारी मात्रामा लागुऔषध गांजा बरामद गरेको छ ।


पर्सा राष्ट्रिय निकन्ज सूरक्षार्थ तैनाथ सबुज गणका नेपाली सेना र निकञ्जका कर्मंचारीहरुको संयुक्त गस्ति टोलीले २१४ दशमलव २७ किलो गांजा बरामद गरेको हो । निकून्जभित्र गस्ती गदै जांदा मिति २०८२ मसिर २३ गते राती अन्दाजी करिब १० बजे निकुन्जको कोर क्षेत्रको बारा जिल्लातर्फ पर्ने इलाकामा गस्ती टोलीलाई देखेर मानिसहरू भागेका थिए । उक्त स्थानमा खोजतलास गर्दा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ भएको १० थान बोरा टोलिले बेवारिसे अवस्थामा बरामद गरेको हो ।  बोरा खोलेर हेर्दा बोराभित्र २१४ दशलव २७ किलो लागुऔषध गांजा फेला परेको हो । गांजासंगै एक थान किप्याड मोबाइल  र चार थान झोला समेत टोलिले बरमग गरेको निकुन्जका सुचना अधिकारी सन्तोष कुमार भगतले जनाउनुभएको छ ।बरामद भएको उक्त सामानहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा बारामा पठाइएको भगतले बताउनुभएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप