आप्रवासी हकहित सन्जाल बाराले नगरस्तरिय अन्तर बिधालय बक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेको छ ।
आप्रवासी हकहित सन्जाल बाराका अध्यक्ष रुद्र प्रसाद खतिवडाको अधयक्षता तथा जितपुरसिमरा उपमहानगरपालिकाका युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादको प्रमुख आतिथ्यतामा सन्जालले बाराको जितपुरसिमराको रजघट्टास्थित जनता माविमा आज मङ्गलबार उक्त प्रतियोगिता सम्पन्न गरेको हो । 
सुरक्षित आप्रवासनका लागि स्थानिय तहको भुमिका बिषयक आयोजित एक दिने अन्तर बिधालय बक्तृत्वकला प्रतियोगितामा जितपुरसिमरा उपमहानगरका ९ वटा सामुदायिक बिधालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो । ९ वटा बिधालयका तर्फबाट एक एक जना प्रतिष्पर्धी रहने गरि आयोजना गरिएको बक्तृत्वकलामा सहभागी प्रतिष्पर्धिहरुले सुरक्षित आप्रवासनका बिषयमा आफ्नो प्रस्तुती राखेका थिए । बढदो बेरोजगारिका बिच रोजगारि र अवसरको खोजिसङ्गै शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकताको परिपुर्ती गर्न दैनिक हजारौ नेपाली युवा तथा महिलाहरु विभिन्न देशमा बिदेशिनु परेको बर्तमान अवस्थामा आप्रवासनले निम्त्याउने समस्या र चुनौतिसङ्गै त्यसको समाधानमा स्थानिय तहको भुमिका कस्तो हुनुपर्छ भन्ने सवालमा प्रतिष्पर्धी वक्ताहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

आप्रवासन रहर नभएर बाध्यता भएको र आप्रवासनको क्रममा बिदेशिने युवा तथा महिलामा देखिएको भाषाको अज्ञानता , सीप र कानुनी ज्ञानको अभाव, बिचौलिया र दलालले गर्ने ठगी र जोखिमयुक्त काम गर्दा हुने मानविय क्षति आप्रवासनका मुख्य समस्या भएको बताउंदै त्यसको समाधानमा स्थानिय तहको भुमिका अपरिहार्य भएको सहभागि वक्ताहरुले औंल्याएका थिए ।

९ बिधालयका बिच भएको बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रस्तुती राख्ने जनता मावि रजघट्टाकि छात्रा गुरांस श्रेष्ठ प्रथम स्थान प्राप्त गरिन भने नेरामावि सिमराकि छात्रा राजश्री बराल दोश्रो स्थान प्राप्त गर्न सफल भइन । सरस्वती माबी इनर्वा सिराकी छात्रा रुक्सारा खातुन भने तेश्रो भइन । प्रजापती त्रिपाठी, राजु प्रसाद अधिकारी र डम्बर खडका निर्णायक रहेको बक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई आयोजकले ४ हजार ५ सय रुपैया नगदसहित प्रमाणपत्रले सम्मानित गरेको छ भने दोश्रोलाई ३ हजार र तेश्रोलाई १ हजार ५ सय रुपैया नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । अन्य सहभगिलाई आयोजकले सहभागिताको प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रममा आप्रवासन हकहित सन्जाल जितपुरसिमरा नगर कमिटिका अध्यक्ष नवराज घिमिरेले स्वागत मन्तब्यले सहभागिहरुलाई स्वागत गरेका थिए भने आप्रवासन हकहित सन्जालका जिल्ला सचिव शंकर सिम्खडा लगायतले आप्रवासनको बिबिध आयामका बिषयमा आफ्ना भनाइहरु राखेका थिए ।

