Advertisement
भिडियो

बोनस नपाएको भन्दै जगदम्बा स्टिलका मजदुरहरु आक्रोशित : उत्पन्न हुनसक्ने असहज परिस्थितिको सामना गर्न ब्यवस्थापनलाई दिए चुनौति

Advertisement

बोनस रकम दिन आनकानी गरेको भन्दै बारा सिमरास्थित जगदम्बा स्टिल उधोगका मजदुरहरु उधोग ब्यवस्थापनप्रति आक्रोशित बनेका छन ।

बाराको जितपुरसिमरा उपमहागरपालिका वडा नम्बर २ स्थित जगदम्बा स्टिल लिमिटेडले श्रमिकहरुले दशैंमा पाउनुपर्ने आर्थिक बर्ष २०८१/८२ को वोनस रकम हालसम्म नदिएको कारण आफुहरुको चाडपर्व नै प्रभावित भएकोले बोनस पाउने माग राख्दै आएका थिए । वोनस बितरण गर्न कारखाना व्यवस्थापन पक्षलाई जगदम्बाको आधिकारिक ट्रेड युनियन अखिल नेपाल औद्योगिक मजदुर संघले पटक पटक अनुरोध आग्रह गर्दैआएकोमा  ब्यवस्थापनले बेवास्ता गरेकोले दबाव दिन आज मजदुरहरुले राजनितिक दलहरुसङ्ग आग्रह गरेका छन । बोनस सम्बन्धी मजदुरहरुको माग सम्बोधन गर्नुपर्ने ठाउंमा २०८२ आश्चिन ४ गते देखि आजका मितिसम्म व्यवस्थापन पक्ष कारखानामा अनुपस्थित रहीं
मजदुरले पाउनु पर्ने बोनस नदिएको भन्दै मजदुरहरुले पत्रकार सम्मेलन गरि ब्यवस्थापनको उक्त कार्यप्रती निन्दा र बिरोध जनाएका छन ।

तिन महिनासम्म व्यवस्थापन पक्ष कारखानामा अनुपस्थित रही बोनस नदिदा पनी मजदुरहरुले नियमीत उधोग संचालन गरिरहेको बताउंदै उनिहरुले बोनस नपाए आन्दोलन गर्न बाध्य हुने जनाएका छन । जगदम्बा व्यवस्थापन पक्षले दुई हजार भन्दा बढी श्रमिक आपुर्तिकर्ता ठेकेदार मार्फत नियमित काममा लगाएको लगाएको, श्रमिकहरुले पाउनुपर्ने न्यूनतम पारिश्रमिक समेत नदिएको, सामाजिक सुरक्षा कोषमा उधोगको तर्फबाट योगदान गर्नुपर्ने रकम जम्मा नगरी  सम्पूर्ण रकम श्रमिकको मात्रै कट्टा गरेको, व्यवसायजन्य सुरक्षाको प्रवन्ध नगरेको समेत आरोप लगाएका छन ।

जगदम्बाको लापरवाहिका कारण श्रमिकले बर्सेनि दुर्घटनामा ज्यान गुमाउनुपरेको बाध्यताका बिच जोखिम मोलेर काम गर्दा पनि श्रम ऐन बमोजिमको बोनस दिन समेत आनाकानी गर्दैआएको जगम्दम्बा स्टिलको उक्त कार्यप्रती आपत्ती जनाउंदै मजदुरहरुले आफुहरुको समस्या समाधनमा पहल गर्न सबै राजनितिक दलसङ्गै सन्चारकर्मिसङ्ग आग्रह गरेका छन । पटक पटक लिखित र मौखिक रुपमा समस्या समाधान गर्न निवेदन गर्दा  कारखानाले पावर र पैसाको बलमा मजदुरसङ्ग ज्यादती गर्दैआएकोमा आक्रोश पोख्दै मजदुरहरुले यसबाट उत्पन्न हुनसक्ने परिस्थिति असामान्य हुनसक्ने भन्दै ब्यवस्थापनलाई सचेत गराएका छन । मजदुरहरुको जायज माग सम्बोधन गराउन आफुहरु प्रतिबद्ध रहेको र मजदुरहरुको मागप्रती आफ्नो ऐक्यबद्धता समेत रहेको जितपुरसिमराका सबै राजनितिक दलका प्रतिनिधिहरुले बताएका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप