Advertisement
भिडियो

वीरगञ्जको नारायणी अस्पतालको एनआईसीयु वार्डमा आगलागी

Advertisement

वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार साँझ आगलागी भएको छ ।

अस्पतालको ऐश्वर्य प्रसूती गृह भवनमा रहेको एनआईसीयु वार्डमा आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरिले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा एनआईसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी जलेर नष्ट भएको छ भने अन्य कुनै भौतिक क्षति नभएको अस्पताल श्रोतले जनाएको छ ।

मंगलबार साँझ करिब ४ः३० बजेतिर आगलागी भएको जानकारी पाउने बित्तिक्कै अस्पतालका कर्मचारीहरूले तुरुन्तै बिजुलीको लाइन काटेका कारण ठूलो दुर्घटना टरेको अस्पतालले जनाएको छ । आगलागीको खबर पाउनासाथ वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दमकल (वारुण यन्त्र) पनि घटनास्थलमा पुगेको थियो । तर त्यसबेलासम्म  आगो नियन्त्रणमा आइसकेकाले त्यसको प्रयोग गर्नु नपरेको अस्पतालले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप