Advertisement
भिडियो

बाराको सिमरामा दोश्रो प्रदेश स्तरीय स्क्र्याबल प्रतियोगिताको आयोजना

Advertisement

बाराको सिमरामा दोश्रो प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप प्रतियोगिताको आयोजना गरिएको छ।

स्क्र्याबल च्याम्पियनशिप २०२५ को नामले सिमरास्थित  सिमरा पब्लिक इङ्गलिस स्कुलले आयोजना गरेको दुई दिने स्क्र्याबल प्रतियोगितामा बाराका १५ सहित पर्सा र सिरहाका गरि कुल २५ वटा निजी विद्यालयका ५० जना विद्यार्थीको सहभागिता रहेको छ । सिमरा पब्लिक ईङ्गलिश स्कुल परिसरभित्र आयोजना गरिएको उक्त प्रतियोगिताको मुख्य उद्देश्य खेलको माध्यमबाट सिकाईको क्षमतामा अभिवृद्धि गर्नु रहेको स्कुलका संस्थापक अध्यक्ष शालिकराम अधिकारिले बताउनुभएको छ ।

प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो बिजेतासङ्गै उदयीमान खेलाडी छनौट गरिने छ र उनीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। राष्ट्रीय स्तरमा १६ राउण्डमा सम्पन्न हुने यो प्रतियोगिता सिमरामा १४ राउण्ड हुने बताइएको छ ।

सिमरामा आयोजित उक्त प्रतियोगिताको आज एक समारोहका बिच उद्घाटन गरिएको छ । सिमरा पब्लिक स्कुलका प्रीन्सिपल वसन्त ढकालको अध्यक्षता तथा बारा प्रदेशसभा ४ क का सभासद देवनारायण चौधरिको प्रमुख आतिथ्यतामा समुदघाटन सम्पन्न भएको प्रतियोगिताको प्रतिष्पर्धी खेलाडिहरु सुक्रबार र सनिबार दुई दिनमा १४ राउण्ड खेल खेल्नेछन ।

स्क्र्याबल बोर्डमा शब्द बनाउने उक्त प्रतियोगितामा सबभन्दा बढी शब्द बनाउने तीन जना खेलाडिहरु छ्नौट गरि प्रथम दोश्रो र तेश्रो पुरस्कारबाट सम्मान गरिने आयोजक सिमरा पब्लिक स्कुलले जनाएको छ । त्यसका साथै प्रतिष्पर्धाबाट उदयिमान खेलाडि समेत छनोट गरिनेछ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप