Advertisement
भिडियो

सिमरा सेजस्थित नेपाल एग्रो टुल्स प्रा.लि. ले गर्यो मजदुरको सम्मान

Advertisement

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजभित्र सन्चालित नेपाल एग्रो टुल्स प्रा. लि. ले आफ्नो मजदुरको सम्मान गर्दै भब्य दिवा भोजको आयोजना गरेको छ ।

उधोगमा कार्यरत करिब ८० जना मजदुर तथा कर्मचारिलाई सम्मान गर्न बसमा सिमरास्थित तारे होटल क्लासिक प्लाजामा लगेर फुलमालाले स्वागत गरेको उक्त उधोग ब्यवस्थापनले सोही होटलमा भब्य दिवा भोजको आयोजना गरेको हो । बारा पर्सा औधोगिक करिडरका कतिपय उधोगमा श्रमिक र मालिकबिच बिवाद चुलिएको बेला नेपाल एग्रो टुल्स प्रा.लि. ले आफ्नो उधोगभित्र कार्यरत श्रमिकलाई महङ्गो तारे होटलमा लगेर स्वागत गरि  दिवा भोजको आयोजना गर्नु आफैमा निक्कै सराहनिय कार्य भएको भन्दै श्रमिकहरुले खुशी ब्यक्त गरेका छन ।

तीन महिनाअघि मात्रै सेजभित्र सन्चालनमा आएको नेपाल एग्रो टुल्स फलामको पाताबाट गैती, साबेल, कोदालो, कराई, बाटा जस्ता सामान उत्पादन गर्ने उधोग हो । सन्चालनको तीन महिना नबित्दै मासिक करिब २ करोडको टुल्स उत्पादन गरि ८० प्रतिशत उत्पादन भारत निर्यात गरि २० प्रतिशत नेपाली बजारमा बिक्री गर्दैआएको उक्त उधोग बिरगन्ज निवासी मनोज प्रसाद रौनियारले सन्चालनमा ल्याएका हुन । करिब १४ करोड रुपैयाको लगानिमा सन्चालित नेपाल एग्रो टुल्सले अहिले करिब ८० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उधोगमा रोजगारी प्राप्त सबै श्रमिकहरु नेपाली नै छन । उधोगभित्र कुनै श्रम समस्या नदेखिएको उक्त उधोगले श्रमिकलाई सम्मानजनक व्यवहार गर्दै श्रम  ऐन बमोजिमको सबै सेवा सुबिधा समयमा उपलब्ध गराउंदै आएको त्यहा कार्यरत श्रमिकहरु बताउंछन ।

उधोग स्थापनाको तीन महिनाभित्रै उक्त उधोगले आज सुक्रबार बिदा दिएर सबै श्रमिकको सम्मान गर्न तारे होटलमा लगेर दिवाभोज आयोजना गरेको हो । ” श्रमिक उधोगको मुटु हो । मुटु स्वस्थ्य भए मात्र शरीर चलायन भए झै उधोग अविच्छिन रुपमा सन्चालन हुन मजदुर स्वस्थ्य र खुशी हुनुपर्छ । त्यसैका लागि आज हामिले श्रमिक सम्मान कार्यक्रम आयोजना गरेका हौं ।” उधोग सन्चालक रौनियारले बताउनुभयो । “श्रमिकहरु दिनभरी जोखिमयुक्त काम गर्छन । हेरेर माया लाग्छ । उनिहरु पनि हामी जस्तै मानव हो । पैसा ठूलो कुरा होइन । मालिक र मजदुरबिचको दुरि कम गर्दै उत्पादनमा श्रमिकको महत्व उजागर गर्न र राम्रो श्रम अभ्यासको संस्कृती बसाल्न पनि यो कार्यक्रम आयोजना गरिएको हो ।” उंहाले थप्नुभयो ।

“धेरै ठाउंमा काम गरियो । तर यो उधोगको जस्तो वातावरण कतै पाएको थिएन । महिना पाक्यो कि पैसा पाइहाल्छ । व्यवहार पनि राम्रो छ । काम गर्ने हामी सबै नेपाली त्यसमा पनि स्थानिय नै बढी छौं । आज यत्रो ठूलो सम्मान पनि पाइयो । पहिलो पल्ट यस्तो ठूलो होटलमा आरामसङ्ग बसेर मन लागेको मीठो खाना पनि खान पाइयो । सपना जस्तै लागेको छ । ” उधोगमा कार्यरत बिरगन्ज ३१ पर्साका श्रमिक राजेश रायले आफ्नो भावना यसरी ब्यक्त गर्नुभयो ।

“अरु उधोगमा काम गरेको छैन । मेरो पहिलो अनुभव हो । अरु उधोगले श्रमिकसङ्ग राम्रो व्यवहार गर्दैन सुनेको थिएं । तर यहाँ काम गर्दा त्यस्तो केही छैन । सबै राम्रो छ, ” सिमरा औराहाकी महिला श्रमिक निरुपा चौधरिले भावुक हुँदै आफ्नो खुशी ब्यक्त गर्नुभयो ।

 

 

 

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप