Advertisement
भिडियो

रजघट्टा माविले सम्पन्न गर्यो ४० औं बार्षिकोत्सव तथा ४१ औं अभिभावक दिवस

Advertisement

जितपुरसिमरा उपमहानगरपालिका १४ स्थित श्री जनता माध्यमिक विधालय (कृषि प्राविधिक शिक्षालय ) रजघट्टाले आफ्नो ४० औं बार्षिकोत्सव तथा ४१ औं अभिभावक दिवस सम्पन्न गरेको छ ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङ्गको अध्यक्षता तथा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा विधालयले विधालय परिसरमा आयोजित एक समारोहका बिच बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

बार्षिकोत्सवमा शुभकामना ब्यक्त गर्दै विधालयको ऐतिहांसिक पृष्ठभुमी  तथा ४० औं वर्षको यात्रा गय गर्दाको अवस्थासम्म  विधालयले हासिल गरेको प्रगतिबारे जानकारी  गराउंदै विधालयका प्रधानाध्यापक राजु अधिकारिले पहिलेको तुलनामा हाल विधालयले आफ्नो शैक्षिक गुणस्तर सुधारमा सफल भएको दाबी गर्नुभयो ।  कुल ९ वटा भवनमा रहेको ४१ वटा कक्षाकोठाको माध्यमबाट कुल झण्डै ११ सय बिधार्थीका लागि कक्षा १२ सम्म कक्षा सन्चालन गर्नुका साथै दृष्टिबिहिन विधार्थीका लागि बिशेष कक्षा सन्चालन गर्दैआएको रजघट्टा माविले कृषि प्राबिधिक शिक्षालयको माध्यमबाट दक्ष कृषि प्राबिधिकको उत्पादनमा समेत आफ्नो नेतृत्वदायी भुमिका निर्वाह गरेको प्रधानाध्यापक अधिकारिले बताउनुभयो । तर पछिल्लो समय कृषि प्राबिधिकको अध्ययनप्रतिको रुचिमा कमि आउदा त्यसमा भर्ना हुन आउने विधार्थिको संख्यामा निकै गिरावट आएकोमा उंहाले चिन्ता ब्यक्त गर्नुभयो ।

बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरलाई शुभकामना दिंदै समारोहमा सहभागी प्रमुख अतिथी तथा विशेष अतिथी वक्ताहरुले विधालयले आफ्नो ४० औं बार्षिकोत्सव मनाईरहंदा विधालयले हासिल गरेको उपलब्धी तथा त्यसको ब्यवस्थापनमा योगदान पुर्याउनेहरुको खुलेर सरहना गर्नुका साथै अगामी दिनमा विधालयको सफलताको शुभकामना ब्यक्त गरे । ४० औ बार्षिकोत्सव तथा ४१ औ अभिभावक दिवसको अवसरमा विधालयले आयोजना गरेको समारोहमा सहभागिलाई विधालय ब्यवस्थापन समितिका सदस्य रुद्र न्यौपानेले स्वागत गर्नुभएको थियो भने बिधालयका शिक्षक बरुण गौतमले कार्यक्रम सन्चालन गर्नुभएको थियो । समरोहमा विधालयको शैक्षिक तथा अन्य गतिबिधिमा विशेष योगदान पुर्याउने शिक्षक, बिधार्थी तथा अभिभावकलाइ सम्मान गरिएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप