Advertisement
भिडियो

सम्मुनत नेपाल निर्माणका लागि हामीसङ्ग हातेमालो गर्नुस : अध्यक्ष खनाल

Advertisement

सम्मुनत नेपाल पार्टीका अध्यक्ष सर्बेन्द्र खनालले सम्मुनत नेपाल निर्माणका लागि अगामी निर्वाचनमा आफ्नो पार्टिलाई सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ ।

बिरगन्जको मकालु होटलमा पत्रकार सम्मेलन गरि आफ्नो पार्टिको नीति र चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा अध्यक्ष खनालले देशमा ब्याप्त असुरक्षा र भ्रष्टाचारको अन्त गरि सुशासन कायम गर्न र सम्मुनत नेपालको निर्माण गर्न आफू पार्टी खोलेर नै राजनितिमा लागेको बताउंदै आसन्न निर्वाचनमा आफ्नो पार्टिलाई अत्यधिक बहुमतले जिताउन सबैमा अपिल गर्नुभयो । नेपाल प्रहरिमा प्रहरी निरिक्षको रुपमा सेवा प्रवेश गरि विभिन्न जिल्लामा कार्यरत भई देश र जनताको सेवा गर्दै लामो अनुभव संगालेको र ती अनुभवको अधिकतम सदुपयोग गर्दै सेवा निबृतपछिको जिवनलाई नीति निर्माणको तहमा पुगेर देश र जनताको सेवामा समर्पित गर्न आफुले राजनिती रोजेको प्रष्ट पार्नुभयो ।

देश र जनताका लागि राजनिती गर्छु र देशमा आमूल परिवर्तन गर्छु भनेर जनताको भोटबाट सत्तामा पुगेकाहरु जनताप्रती इमान्दार हुनुपर्नेमा उनिहरु सत्ता र शक्तिको अनुचित प्रयोग गरि जनता झुक्याउने र भ्रष्टाचारी पोसेर आफै पनि भ्रष्टचारमा लिप्त भएकोमा आक्रोश पोख्दै अध्यक्ष खनालले अब जनता जागिसकेकोले त्यस्ता शक्तिहरुलाई जनताले नै पाखा लगाउने दाबी गर्नुभयो ।

परिवर्तनका लागि भएको विभिन्न आन्दोलनमा जनताले दिएको योगदान र शहादतलाई बिर्सेर सत्ता र शक्तिको लिप्सामा लिप्त नेताहरुको गलत प्रबृतिका बिरुद्ध सडकमा उत्रेका जेनजि युवाहरुको अगाडी २४ घण्टा टिक्न नसकेको सरकार र पार्टिका नेताहरुलाई निर्वाचनको माध्यमबाट अब जनताले घुडा टेकाउने बेला आइसकेको उंहाले बताउनुभयो । विभिन्न वाद र सिद्धान्तको नाममा फोहोरी राजनिति गरि जनतालाई विभाजित गर्ने र पटक पटक प्रधानमन्त्री, मन्त्री बन्ने तर देश र जनताको विकासका लागि सिन्को नभांच्ने पार्टी र पार्टिका नेताको अनुहारलाई जनताले राम्ररि चिनेको र भोगिसकेको बताउंदै उंहाले सम्मुन्नत नेपाल पार्टी अन्य कुनै बिदेशी पार्टी र सिद्धान्तबाट प्रभावित नभै आफ्नै देशको मौलिकपनलाई अंगालेर सम्मुन्नत नेपालको निर्माण गर्न आफ्नै देशमा जन्मेको मौलिक र यथार्थमा बिश्वास गर्ने पार्टी भएकोले देश निर्माणमा पार्टिलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

जेनजी आन्दोलनबाट अभिब्यक्त युवाहरुको भावना र आम नेपालिको चाहना पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउंदै अब पुराना दल र वादको पछि लाग्नुभन्दा पनि सम्मुन्नत नेपालको निर्माणमा हातेमालो गर्न समेत उंहाले आग्रह गर्नुभयो । जेनजी युवाहरुको राष्ट्रीय परिवर्तन पार्टिसङ्ग एकता गरि अभिभावकको रुपमा निर्वाचनमा होमिएको सम्मुन्नत नेपाल पार्टिको मधेश केन्द्रीत केही दलसङ्ग एकताको सम्भावना रहेको अध्यक्ष खनालले बताउनुभयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप