Advertisement
भिडियो

भिमफेदिमा सुमो दुर्घटना : ६ जनाको मृत्यु

Advertisement

काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडातर्फ आइरहेको ना १ ज १७७८ नम्बरको टाटा सुमो भिमफेदी गाउॅंपालिका वडानम्बर ६ जुरीखेतमा दुर्घटना भएको छ । दुर्घटनामा परि सुमोमा सवार ६ जना यात्रुको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन ।

काठमाण्डौबाट हेटौंडातर्फ गुडेको सुमो जुरिखेतस्थित सडकको माथिल्लो मोडबाट तल्लो मोडमा खसी दुर्घटना भएको प्रहरिले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको र घाइते भएकाहरूको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरिले जनाएको  छ । सुमोमा कुल ९ जना यात्रु सवार थिए । तिमध्ये २ जना बालबालिका रहेका छन् ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप