बाराको जितपुरसिमरामा सातौं थारु माघि तथा सांस्कृती महोत्सव २०८२ को आयोजना हुने भएको छ ।
थारु संस्कृती जोगाउ, अपन पहिचान बचाउ भन्ने मुल नाराका साथ सातौं थारु माघी तथा सांस्कृती महोत्सव २०८२ जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित डुमरबाना खेलकुद मैदानमा आयोजना हुनेभएको छ ।
थारु कल्याणकारिणी सभा नगर कार्यसमिती जितपुरसिमराको आयोजना तथा थारु कल्याणकारिणी सभा वडा कार्यसमितको ब्यवस्थापनमा माघ ९ र १० गते आयोजना हुने दुई दिवसिय महोत्सवको बिषयमा आज आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन ।
थारु काल्याणकारिणी सभा जितपुर सिमरा नगर कार्यसमितिको अध्यक्ष राजेन्द्र प्रसाद चौधरिको अध्यक्षता तथा थारु कल्याणकारिणी सभाको केन्द्रीय सदस्य श्रीदेवी चौधरीको प्रमुख अतिथ्यता र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष राम प्रसाद लामिछाने लगायत थारु अगुवाहरुको विशेष आतिथ्यतामा डुमरवाना खेलकुद मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवबारे बिस्तृत जानकारी गराएका हुन ।
महोत्सवको पहिलो दिन अर्थात माघ ९ गते थारु समुदायको संस्कृती र पहिचान झल्किने सांस्कृतिक झांकी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने र दोश्रो दिन स्थानिय तथा राष्ट्रीय स्तरका थारु कलाकारहरुको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम आयोजना हुने महोत्सवको पहिलो दिनको कार्यक्रम मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरि र दोश्रो दिनको कार्यक्रम उपमहानगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने आयोजकले जनाएको छ ।
कुल ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको महोत्सवका ललागी जितपुरसिमरा उपमहानगरको ६ लाख रुपैयाको आर्थिक सहयोग रहेको छ भने बाकी रकमका लागि स्थानिय संघसंस्थाको सहयोग रहेको छ । माघ १ गतेलाई माघिको रुपमा मनाइने गरेपनी यस वसन्त ऋतुको आगमन अर्थात वसन्त पन्चमिको अवसर पारेर आयोजना गर्न लागिएको आयोजकले जनाएका छन ।

