मधेशको सँस्कृति झल्काउन पर्साको पोखरियामा माटो पार्कको निर्माण

मधेश प्रदेशको ८ जिल्लाको एक सय ३६ वटै पालिकाको पहिचान झल्किने सँग्रहालयको रुपमा पर्सामा माटो पार्क निर्माण कार्यको थालनी गरिएको छ ।
मधेश प्रदेशका ८ जिल्लाको एक सय ३६ स्थानिय तहको ऐतिहाँसिक धार्मिक, सामाजिक र साँस्कृतिक पहिचान र विशेषतालाई झल्काउने उद्देश्यका साथ निर्माण हुने माटो पार्क निर्माणको शिलान्यास आज जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउन, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँह र प्रदेश वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सँयुक्त रुपमा गर्नुभएको छ । हाल गरिएको लागत अनुमानको आधारमा करिब ७ करोड रुपैया लागत अनुमान गरिएको माटो पार्क निर्माणका लागि मधेश प्रदेश सरकारले यस आर्थिक वर्ष एक करोड रुपैया विनियोजन गरेको हो । आर्थिक वर्ष २०८१ ÷८२ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो पार्क निर्माणका लागि मधेश प्रदेश सरकारले विनियोजन गरेको एक करोड रुपैया डिभिजन वन कार्यालय पर्सालाई प्राप्त भएको छ । डिभिजन वन कार्यालय पर्सालाई प्राप्त उक्त रकमबाट यस वर्ष निर्माणाधिन पार्कको चारैतिर पर्खाल र मुल गेट निर्माणका लागि ई बिडिगँ मार्फत आव्हान गरेको टेण्डर स्विकृत भई आजदेखि विधिवित पार्क निर्माणको शुरुवात गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद्ले जनाउनुभएको छ ।


जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले मेचीदेखि महाकालीसम्म गरेको माटो यात्राको क्रममा मधेशमा माटो पार्क निर्माणको अवधारणा ल्याउनुभएको हो । मधेश प्रदेशका विभिन्न पालिकामा पुग्नुभएका जनमत पार्टीका अध्यक्ष सिके राउतले ति पालिकाहरुमा भएको धार्मिक, ऐतिहाँसिक, सामाजिक र साँस्कृतिक विशेषतासँगै त्याँहाको उत्पादन समेतको अध्ययन गरी त्याँहाको माटो समेत बोकेर ल्याउनु भएको थियो । सँकलित ति सबै ठाउँको माटोलाई निर्माण गरिने माटो पार्कमा राखिने अध्यक्ष राउतले आजको कार्यक्रम मार्फत जनाउनुभएको छ ।

पार्क निर्माणका लागि उपयुक्त ठाउँको खोजि गर्ने क्रममा पर्सा जिल्लाको पोखरिया नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने भेद्राहा मठमा रहेको करिब साढे चार बिगहा ऐलानी जग्गा प्राप्त भएपछि उक्त ठाउँमा आज माटो पार्क निर्माणको शिलान्यास गरिएको हो । पर्सा जिल्लाको पोखरियामा निर्माण गरिने उक्त पार्कमा मधेश प्रदेशका आठ वटै जिल्लाका एक सय ३६ स्थानिय तहमा भएको ऐतिहाँसिक, धार्मिक, सामाजिक र साँस्कृतिक पहिचानसँग जोडिएको सँरचनाहरुको निर्माण गरिनेछ । पार्क अवलोकन गर्न पुग्ने जोकोहीले एकै ठाउँबाट मधेशका आठै जिल्लामा रहेका विशेषताहरु बुझ्न सकिने भएकोले भबिष्यमा माटो पार्क आन्तरिक पर्यटकका लागि एउटा महत्वपूर्ण गन्तब्य बन्ने र त्यसले पर्सा जिल्लाको पोखरियालाई राष्ट्रिय र अन्तर्राष्टिय रुपमा चिनाउन मद्त पुग्ने मधे प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले बताउनुभएको छ ।

Leave a Comment