वन डडेलो नियन्त्रणका लागि बारामा बृहद सचेतना कार्यक्रम

Advertisement

डिभिजन वन कार्यालय बाराले वन डढेलो नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि वन डढेलो सचेतनामूलक कार्यक्रमको थलनि गरेको छ ।

विभिन्न ठाउँ तथा त्यांहाका सरोकारवालाहरुमा  जनचेतना फैलाउने उद्देश्यले डिभिजन वन कार्यालय बाराले आइतबारदेखि वन डढेलो सचेतनामूलक सप्ताह कार्यक्रम सुरु गरेको हो । “वन डढेलाे नियन्त्रणमा प्रभावकारीता”, तीनै तहका सरकार र समुहहरुकाे सहभागिता ” भन्ने मुल नाराका साथ वन डडेलो नियन्त्रणमा सबैको सहभागिताका लागि सचेतना जगाउन बाराको निजगगढबाट निकालिएको बृहद सचेतना र्यालि वन नजिका बस्तिहरुमा पुगेर सचेतना फैलाएको हो ।

सप्ताहब्यापी कार्यक्रमको पहिलो दिन र्यालिको आयोजना गरेको हो । बाराको निजगढबाट निकालिएको बृहद सचेतना र्यालिले माइकिङ्ग गर्दै कोल्हबी र जीतपुरसिमराका विभिन्न स्थानमा पुगेर सर्वसाधारणलाई वन डढेलोबाट हुने जोखिमबारे जानकारी गराइएको छ। साथै सडक, बजार तथा बस्ती क्षेत्रमा सचेतनामूलक सन्देश प्रसारण गर्दै वन जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह समेत गरेको छ।
कार्यक्रमको पहिलो दिन डिभिजन वन अ सब डिभिजन वन कार्यालयका कर्मचारिसङ्गै जिल्लाभरका सामुदायिक वन तथा साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू आ–आफ्नो समूहका सचेतनामूलक ब्यानर तथा प्लेकार्डसहित कार्यक्रममा सहभागी भएका थिए। ब्यानरमा “वन जोगाऔँ, जीवन बचाऔँ” र “वन डढेलो नियन्त्रण सबैको दायित्व” जस्ता सन्देशहरू लेखिएका थिए।

 

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप