तेश्रो जितपुरसिमरा क्रीकेट कप २०८२ यहि चैत २१ देखि २८ गतेसम्म आयोजना हुने भएको छ ।
जितपुरसिमरा स्पोर्ट्स क्ल्बको आयोजनामा सिमरास्थित सेजको क्रीकेट ग्राउण्डमा आयोजना हुने जितपुरसिमरा क्रीकेट कप २०८२ को बिषयमा आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । जितपुरसिमरा उपमहानगर मुख्य सहयोगी रहेको तेश्रो जितपुरसिमरा क्रीकेट कप २०८२ मा ५ जिल्लाको टिमसङ्गै जितपुर सिमरा स्पोर्ट्स क्लब गरि ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । बिजेता टिमले २ लाख र उपबिजेताले १ लाख पुरस्कार पाउने ब्यवस्था गरिएको उक्त प्रतियोगिताको सम्पुर्ण तयारि पूरा गरि सकिएको आयोजकले जनाएको छ । कुल १४ लाख ५० हजार रुपैयां खर्च हुने अनुमान गरिएको प्रतियोगिताका खेलाडिहरुका लागि आवश्यक पर्ने जर्सी जनकपुर बोल्ट्सका संस्थापक महेश सिग्देलले उपलब्ध गराउनुभएको छ । पछिल्लो समय क्रीकेट खेलप्रती बढेको युवाहरुको रुचिका बिच क्रीकेट खेलको प्रबर्धन र विकासमा टेवा पुर्याउने र खेलाडी उत्पादन गर्ने उद्देश्यले जितपुरसिमरा स्पोर्ट्स क्लबले बिगत तीन बर्षदेखी जितपुरसिमरा क्रीकेट प्रतियोगिताको आयोजना गर्दैआएको छ । क्रीकेट खेलको बिकासमा क्लबले पुर्याइरहेको योगदानको सराहना गर्दै अगामी दिनमा आफ्नो तर्फबाट हुनसक्ने हर प्रकारको सहयोग गर्न पत्रकार सम्मेलनका प्रमुख अतिथी जितपुरसिमरा उपमहानगरका उपप्रमुख भोला अधिकारी, रास्वपा नगर कमिटिका अध्यक्ष सुरेश राज केसि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष त्रीलोक बिक्रम शाह लगायत अन्य दलका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन ।

