घण्टिमाईले गर्यो नेपालको सबभन्दा पुरानो सहकारिको अवलोकन भ्रमण

Advertisement

बाराको जितपुरासिमरास्थित घण्टिमाई बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नेपालकै सबभन्दा पुरानो सहकारिको अवलोकन भ्रमण गराएको छ ।

सहकारी दिवसको पुर्व सन्ध्यामा उपमहानगरको ४ नम्बर वडा औराहास्थित घण्टिमाईले ५० बर्षभन्दा माथी उमेर समुहका सदस्यहरुका लागि तिर्थस्थल तथा सहकारी संस्थाको अवलोकन भ्रमणको आयोजना गरेको हो ।

अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत संस्थाकी अध्यक्ष कोपिला सिंखडाको नेतृत्वमा चैत्र १८ गते निस्केको सहकारिका करिब ५५ जना शेयर सदस्य र सन्चालकहरु सहभागी टोलिले नेपालकै सबभन्दा पुरानो मानिएको चितवनको बखान बहुउद्देश्यिय सहकारी संस्थाको अवलोकन भ्रमण गरेको हो ।

चैत्र १८ गते बिहान निस्केको उक्त टोलि चितवन राष्ट्रीय निकुन्जको कोर एरियामा रहेको बिक्रम बाबाको मन्दिर पुगेर दर्शन गरि भरतपुर महानगरको १९ नम्बर वडा प्रगतिनगरमा रहेको बखान बहुउद्देश्यिय सहकारी पुगको थियो ।  त्यहां पुगेको घण्टिमाईको टोलिलाई बखान सहकारिका सचिव रामशरण गैरेले स्वागत गर्नुका साथै बखान सहकारिको ऐतिहांसिक पृष्ठभुमिको बिषयमा जानकारी गराउनुभयो । पहिला औलो लाग्ने चितवनको जङ्गल २००८ सालमा बसाइ सरेर आउने ब्यक्तिको थलोको रुपमा विकास हुंदैगरेको अब्यवस्थित बस्तिमा नेपाली सेनाको क्याप्टेनको जागिर छोडेर  तनहुंबाट २०११ सालमा चितवन आउनुभएका बखान सिंह गुरुङ्गले १० रुपैयाका दरले ६० सदस्यले बचत गरेको कुल ६०० रुपैयाबाट २०१३ मा बखान सहकारिको स्थापना गरेको ईतिहास र त्यसपछिका संघर्षका कथा सुनाउनुभयो । स्थापनाको ६९ बर्षमा सहकारिको शेयर सदस्यको संख्या १०३९ पुगेको उक्त सहकारिको कुल पुंजी भने १ करोड ८७ लाख पुगेको समेत उंहाले बताउनुभयो ।

लामो ईतिहास बोकेको नेपालकै सबभन्दा पुरानो ऐतिहांसिक सहकारिले शेयर सदस्य र पुंजिमा उल्लेख्य वृद्धि गर्न नसकेपनि सहकारिको धर्म र मर्म अनुसार काम गर्दै आफ्नो शाख जोगाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोले अहिले बखान सहकारी सहकारी पर्यटनको केन्द्रको रुपमा बिकास भएको बताउनुभयो । आफ्नै करिब ६ बिघा जग्गामा तोरि उत्पादन गरि पेलेर तेल बिक्री गर्दैआएको बखान सहकारिको अवलोकन गर्न अहिले दिनहुं जस्तो टोलि आउनेगरेको र त्यसरी आउने टोलिसङ्ग बखानले २ हजार रुपैया शुल्क लिनेगरेको छ ।
बखान सहकारी अवलोकन भमण गरेको टोलिलाई त्यहाको समितिले संस्थापक बखान सिंहको फोटो भएको फ्रेम उपहार दिएको थियो भने घण्टिमाईका टोलिले बखानका सन्चालकलाई मायाको चिनो प्रदान गर्दै अध्यक्ष कोपिला सिंखडाले अवलोकन भ्रमणको उद्देश्यको बिषयमा जानकारी गराउनुभयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप