spot_img

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना : सञ्चारकर्मीसँग अन्तरक्रिया

spot_img

मानव तथा वन्यजन्तु द्वन्द न्युनिकरण गर्न पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तु उद्धार केन्द्र स्थपना गरि सन्चालनमा ल्याएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा उक्त उद्धार केन्द्रको उदघाटन सम्पन्न भएको हो  । राष्ट्रीय प्रकृति संरक्षण कोषको सहयोगमा निकुन्जको हातिसारमा निकुन्जले स्थापना गरेको वन्यजन्तु उद्धार केन्द्रको आइतबार विधिवत उद्घाटन सम्पन्न गरि सन्चालनमा ल्याइएको हो ।

३१ औँ बन्यजन्तु सप्ताह २०८३ को अवसर पारेर निकुन्जले बारा, पर्सा र मकवानपुर जिल्लाका सञ्चारकर्मीको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै वन्यजन्तु उद्धार केन्द्र सञ्चालनार्थ उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। “सुरक्षित मानिस, संरक्षित वन्यजन्तु र जैविक विविधताको सदुपयोग समृद्धिको सेतु” भन्ने नारासहित मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न तथा संरक्षण कार्यलाई प्रभावकारी बनाउन निकुन्जले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरेको निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जनाउनुभयो । पर्सा राष्ट्रीय निकुन्ज तथा वन क्षेत्र नजिकका बस्तिमा मानव वन्यजन्तुबिचको  द्वन्द बढेको र समस्याग्रस्त बाघ तथा हात्तिहरुका कारण मानविय क्षती बढेको र त्यस्ता समस्याग्रस्त वन्यजन्तुसङ्गै मानवको उद्धार गर्न आफ्नै उद्धार केन्द्र नभएको अवस्थामा चितवनको सौराहास्थित राष्ट्रीय प्रकृति संरक्षण कोषबाट उद्धारकर्मी ल्याउनु परेको  बताउंदै उहाले उद्धार कार्यलाई सरल र थप प्रभावकारी बनाउन आफ्नै उद्दार केन्द्र सन्चालनमा ल्याएको उंहाले बताउनुभयो । उद्धार केन्द्र सञ्चालनमा आएपछि घाइते तथा जोखिममा परेका जनावरको तत्काल उपचार, संरक्षण र पुनः प्राकृतिक वासस्थानमा फर्काउने कार्य सहज हुनेभएको छ ।

कार्यक्रममा मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष सिताराम अर्याल, सबुज गण आधाभारका प्रमुख सेनानी अनुप सिंह बस्नेत, अम्लेश्वर मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष राजकुमार मानन्धर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष सुबाश श्रेष्ठ ,संरक्षण अधिकृत संतोष भगत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला ,रेञ्जर जयराम न्यौपाने लगायतको सहभागिता रहेको थियो।

उक्त अवसरमा बन्यजन्तु उद्धार केन्द्रको उद्घाटन गर्दै उपमहानगर प्रमुख राजन पौडेलले स्थानीय तह र निकुञ्जबीचको सहकार्यले संरक्षण अभियान थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै मानव–वन्यजन्तु सहअस्तित्वलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । उंहाले निकुञ्जलाई आवश्यक परेको खण्डमा बिपत ब्यवस्थापनको तालिम समेत लिईसकेका नगर प्रहरी र पशु चिकित्सकको सहयोग पनि प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्धार केन्द्रको उद्घाटन पश्चात् सन्चारकर्मिहरुसङ्ग अन्तर्कृया गर्ने क्रममा सहभागी सन्चारकर्मिहरुले निकुन्ज र त्यंहाका वन्यजन्तुलाई त्यस क्षेत्रका स्थानियको आयआर्जन र रोजगारिसङ्ग जोड्न सके निकुन्ज र वन्यजन्तुप्रतिको सोंचमा परिवर्तान आई संरक्षणमा सहयोग पुग्ने सुझाव दिएका थिए । कार्यक्रममा वन्यजन्तुको संरक्षण, अवैध सिकार नियन्त्रण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने विषयमा जोड दिएका थिए। साथै संरक्षण सन्देशलाई आम नागरिकसम्म पुरयाउन सन्चारकर्मिको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तथ्यमा आधारित र सचेतनामूलक सामग्री प्रसारण गर्न आग्रह समेत गरिएको थियो।

 

spot_img
Advertisement
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप