बाघ संरक्षणलाई प्रभावकारी बनाउन बाघ मित्रहरुलाई तालिम

Advertisement

मानव र बाघबिच सहअस्तिवको वातावरण निर्माण गरी मानव र बाघ दुबैको जीवन रक्षाका लागि बाराको अमलेखगन्जमा बाघमित्र कार्यक्रम कार्य सन्चालन विषयक कार्यशाला एवम् बाघ मित्र स्वयम् सेवक प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको छ ।

पर्सा राष्ट्रीय निकुन्ज आधाभार बारासङ्गै डिभिजन वन कार्यालय बारा, पर्सा, रौतहट र मकवानपुरको संयुक्त आयोजना तथा डब्लु डब्लु एफ नेपाल तराई भुपरिधी तथा संरक्षण कार्यक्रमको सहकार्यमा बैशाख २१ र २२ गते दुई दिनका लागि उक्त कार्यक्रम सन्चालन गरिएको हो । कार्यक्रमको माध्यमबाट पर्सा राष्ट्रिय निकुन्जले सन् २०२४ देखि सन्चालनमा ल्याएको बाघ मित्र कार्यक्रमको बारेमा बिस्तुत जानकारी गराउनुका साथै निकुन्जले निर्माण गरेको बाघ मित्र कार्य सन्चालन प्रकृया – म्यानुअलको बिमोचन ) गरी त्यसको कार्यान्वयमा साझा प्रतिबद्धता लिने र निकुन्ज तथा वनले छनौट गरि परिचालन गरेका ३२ जना बाघ मित्र स्वयमसेवकहरुको क्षमता विकासका लागि तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।

जसअन्तर्गत २१ गते सोमबार पहिलो दिन बाघ मित्र कार्य सन्चालन प्रकृया (म्यानुअल) को बिमोचन गरिएको छ भने त्यसको कार्यान्वयमा वन र निकन्जसँगै मध्यवर्तिका सरोकारवालाहरु र बाघ मित्र स्वयम्ले सेवकहरुले साझा प्रतिबद्धता जनाएका छन । उक्त म्यानुअलको अनुसुचिमा उल्लेख गरिएका गर्न हुने र गर्न नहुने १०/१० वटा बुंदाको आचारसंहितालाई अक्षरश पालना गरन गराउन कार्यक्रमका बिच सपथ गराइएको छ ।

राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको सभापतित्व तथा डब्लु डब्लु एफ नेपालका कार्यकारी निर्देशक डाक्टर घनश्याम गुरुगँको प्रमुख आतिथ्यतामा सम्पन्न बाघमित्र कार्यक्रम कार्य सन्चालन विषयक कार्यशाला एवम् बाघ मित्र स्वयम् सेवक प्रशिक्षण कार्यक्रममा बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा, पर्साका डिभिजन वन अधिकृत मन्जुर अहमद, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबँशीसँगै मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डब्लु डब्लु एफ नेपालका डाक्टर शशांक पौडेल, सबुज गणका सेनानी निराकार युद्ध खाँड, जेड एस एलका अधिकृत प्रचण्ड महर्जन लगायतका वन र निकुन्जकर्मीसँगै ३२ जना बाघ मित्र स्वयम सेवकहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको सन्चालन टिएएलसिपिका क्लष्टर ईन्चार्ज प्रेम पौडेलले गर्नुभएको छ । कार्यक्रमका सहभागी ३२ जना बाघ मित्र स्वयमसेवकलाई २१ र २२ गतै गरी दुई दिनसम्म व्यवसायिक तालिम प्रदान गरिने पर्सा राष्ट्रिय निकुन्जका प्रमुख सँरक्षण अधिकृत रामचन्द्र खतिडाले जनाउनुभएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप