ब्यवसायिले आयात गरेको मालबस्तुमा भन्सार विन्दुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अंकित गर्नुपर्ने प्रावधानले रोकिएको आयात व्यापार सुचारु भएको छ ।
आयातकर्ताले भन्सार विन्दुमा एमाअरपी उल्लेख गर्नुपर्ने नितिले ब्यवासायिले आयात गरेको सामान भन्सारमा रोकिएकोमा अब स्वघोषणा गरेर मात्र जांचपास गाराउनुपर्ने र बजारमा पठाउँदा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्ने गरी सहमती भएपछि तत्कालका लागि मालसामान भित्र्याउन दिइने भएको हो ।
बिरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सुचना अधिकारी उदय सिंह बिष्टका अनुसार आयातकर्ताको स्वघोषणाको आधारमा ब्यवसायिको सामान जाँचपास गर्न भन्सार बिभागबाट भएको पत्राचार अनुसार ब्यवसायिको सामान जांचपास नियमित भएको हो । उंहाका अनुसार एमआरपीको समस्या अहिलेका लागि समाधान भएको छ । नाकामा एमआरपी घोषणा कार्यान्वयनका लागि कार्ययोजनाको ३ महीनाको बाकी रहेको त्यसपछि बजेट मार्फत अर्को कुनै व्यवस्था होला । अहिलेका लागि समस्या सुल्झिएको छ । विभागको पत्रचारसँगै गत वैशाख १५ देखि भन्सारमा रोकिएका मालसामानको जाँचपास हुने भएको छ । एमआरपी विवादका कारण नाकामा सायौं गाडी रोकिएका थिए । नाकामा रोकिएका गाडी भन्सारको पत्राचारसँगै आयातकर्ताले छुटाउन थालेका वीरगञ्ज भन्सारका प्रमुख प्रशासक कृष्णप्रसाद मैनालीले बताए । मैनालीका अनुसार एमआरपी विवादका कारण वैशाख १५ यता वीरगञ्ज नाकामा मात्रै चार हजार गाडी रोकिएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत ३० गते सूचना जारी गरी वैशाख १५ देखि भन्सार विन्दुमै एमआरपी घोषणा गरेरमात्रै मालसामान जाँचपास गर्न भनेको थियो । त्यसयता व्यवसायीले भन्सारबाट यस्ता वस्तु छुटाएका थिएनन् । भन्सारमा भित्रिएका गाडीबाट मालसामान निकालेर प्रत्येक युनिटमा मूल्य अंकित गर्नु असम्भव हुने आयातकर्ताले बताएका थिए ।
भन्सार विभागले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्याक्रम, बजेट तथा आर्थिक ऐनसमेत बनाउने तयारी भइरहेकाले एमआरपीको थप स्पष्टता आर्थिक ऐनबाट पनि गर्न सकिने सुझाएको थियो । भन्सार विन्दुमा एमआरपी स्वघोणा र पैठारी भइसकेपछि लेबल लगाएर मात्र वस्तु विक्रीवितरण गर्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाका लागि सहजीकरको लागि आग्रह गरेको थियो । शुरुमा यो आग्रह बेवास्ता गरेको मन्त्रालय अन्ततः सहमत भएको हो ।
उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ६ मा उत्पादनमा लेबल लगाउनुपर्ने व्यवस्था छ । यस्तो लेबलमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर, उपभोग अवधि, अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर, उत्पादन मितिलगायत उल्लेख गरिनुपर्ने उल्लेख छ ।

