मधेशको पर्यटन प्रबर्धनका लागि मधेश ट्राभल मार्टको आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा हुने ट्राभल मार्टको विषयमा नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले बिहीबार बाराको सिमरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । बारा पर्सा लगायत मधेश प्रदेशका अन्य जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनलाई प्राथमिकतामा राखि मधेश ट्राभल मार्टको आयोजना गर्न लागिएको नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले जनाउनुभएको छ । बारा, पर्सा र जनकपुरमा शुक्रबारदेखी तीन दिनसम्म छुट्टाछुट्टै कार्यक्रम गरि सम्पन्न हुने मधेश मार्ट कार्यक्रम शुक्रबार वीरगञ्जमा औपचारिक उद्घाटन गरेर पर्सा, बाराका विभिन्न पर्यटकिय गन्तब्यमा विविध कार्यक्रम गरि सम्पन्न गरिने अध्यक्ष शर्मा बताउनुभयो ।
बारा–पर्सासहित मधेशका आठै जिल्लाका भेषभुषा, खानपानसङ्गै त्यांहाको संस्कृतिलाई उजागर गर्दै त्यस क्षेत्रको पर्यटकीय गन्तब्यलाई चिनाउने र त्यसको माध्यमबाट पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आयोजना हुने मार्टका लागि वीरगञ्ज महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र बर्दिबास नगरपालिकाको समेत सहयोग रहने तथा कार्यक्रमको सचिवालय बाराको जितपुरसिमरामा रहने नाट्टा मधेश प्रदेश अध्यक्ष शर्माले बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड र स्थानीय तह समेतको सहलगानीमा आयोजना हुन लागेको मार्टमा नेपाल र भारतका विभिन्न शहरबाट दुई सयभन्दा बढि पर्यटन व्यवसायी, पर्यटक, कन्टेन्ट क्रिएटर तथा टाभल एण्ड टुर्स अपरेटरहरूको सहभागिता रहने आयोजकको दाबी छ ।
पर्यटन प्रबर्धनका लागि मधेश ट्राभल मार्ट आयोजना हुने





