गुणस्तरिय शासनका लागि साझेदारी प्रबर्द्धन प्रदेश स्तरिय सम्बाद बारामा सम्पन्न भएको छ ।
सम्बाद कार्यक्रम सामाजिक परिवर्तन केन्द्रको आयोजनामा बाराको कलैयास्थित दरबार होटलमा मङ्गलबार सम्पन्न भएको हो । सुशासनको क्षेत्रमा यसअघि तीन वटा सम्बाद कार्यक्रमको आयोजना गरिसकेको सामाजिक परिवर्तन केन्द्रले चौथो सम्बाद कार्यक्रमको रुपमा बारास्थित प्रदेश सांसदहरु, विभिन्न पालिकाका प्रमुखहरु, वडा प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु र विभिन्न राजनैतिक दलका प्रतिनिधि र सन्चारकर्मिहरुको सहभागितामा गुणस्तरिय शासनको लागि साझेदारी प्रबर्द्धन सम्बन्धी प्रदेश स्तरिय सम्बाद कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम मार्फत आयोजकले मुलुकमा संघियता आएपछी तेश्रो निर्वाचनको चरणमा प्रवेश गर्दासम्म नेपालको संघिय शासन प्रणालिमा देखिएको शासनको अवस्थाको विषयमा आफ्नो अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा मुलुकमा संघिय शासन प्रणालि लागू भएपनि प्रभावकारि कानुनको अभावका कारण शासन प्रणालिको बिषयलाई नै लिएर समाजको विभिन्न तहमा द्वन्द सृजना गरेको टिप्पणी गरे ।
खास गरि त्यस्ता खालका द्वन्दहरु अधिकारको विषयलाई लिएर भएको देखिएको आयोजकको बुझाई थियो । बिकेन्दृकृत भनिएका अधिकारहरु र श्रोतहरुको अधिकांश भाग अहिलेपनि केन्द्रले नै उपयोग गरेको, राजनैतिक समावेशिकरण राम्रो भए पनि सिमान्तकृतको समावेशिकरणमा अहिले पनि चुनौती देखिएको, नागरिकको आवश्यकता र प्राथमिकताको क्षेत्रमा विकासका गतिबिधिहरु केन्द्रीत नभएको र शिलन्यास र उदघाटन केन्दृत विकासका गतिबिधिले शासन र सत्ताप्रती मात्रै नभएर ब्यवस्थाप्रती नै प्रश्न खडा गरेको आयोजकको प्रस्तुतिप्रति सहभागि सरोकारवालाहरुले सहमती जनाउंदै आफ्ना बिचारहरु प्रस्तुत गरे ।
तीन तहबिचको अधिकारको अन्योल र दोहोरोपन, कमजोर जवाफदेहिता, अध्यादेश मार्फत शासन चलाउने प्रबृति, उजुरी गुनासोको समयमा सम्बोधन नगर्ने अवस्थासङ्गै बजेट बढेपनि उपलब्धी निराशाजनक रहेको सबैको साझा बुझाई थियो ।





