पर्सा राष्ट्रीय निकुन्जलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न नितिगत सुधार गर्ने पर्यटन मन्त्रीको प्रतिबद्धता

संघिय सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री खडक राज पौडेलले पर्सा राष्ट्रीय निकुन्जलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न नितिगत सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अन्य प्रदेशसङ्गै मधेश प्रदेशमा पर्यटनको सम्भावना र त्यसमा देखिएका समस्या र चुनौतिहरुको बिषयमा अध्ययन गर्ने क्रममा आफू पर्सा राष्ट्रीय निकुन्जमा आएको बताउने मन्त्री पौडेलले निकुन्जका अधिकारिसङ्गै अन्य सरोकारवालासङ्ग छलफल गर्नुभएको छ ।  छलफलको क्रममा निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र पौडेलले मुलुकमा रहेका अन्य निकुन्जसङ्गै पर्सा राष्ट्रीय निकुन्जको धरातलिय अवस्थाको बिषयमा जानकारी गराउंदै पर्यटकिय पुर्वाधारसङ्गै प्रचारप्रसाको अभावले निकुन्जले खासै पर्यटक भित्र्याउन नसकेको बताउनुभयो । उंहाले एकातिर नितिगत समस्या र अर्कोतिर सरकारी लगानीको अभावका कारण निकुन्जले निजि क्षेत्रका लगानिकर्तालाई समेत आकर्षित गर्न नसक्दा निकुन्जमा पर्यटनको प्रबर्धन र विकासमा समस्या थपेकोले त्यसमा सहजिकरण गर्न मन्त्रीसङ्ग अनुरोध गर्नुभयो ।

त्यस्तै मन्त्रीलाई सुझाव दिने क्रममा पर्सा राष्ट्रीय निकुन्ज मध्यवर्ती ब्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले चितवन राष्ट्रीय निकुन्ज र पर्सा राष्ट्रीय निकुन्जका बिच खासै तात्विक भिन्नता नभए पनि चितवनको सौराहाको तुलनामा पर्सा राष्ट्रीय निकुन्जको पर्यटन प्रबर्धन र बिकासमा मनहरिलाई पर्सासङ्ग जोड्ने बाटोको अभाव र निकुन्जमा पानीको कमि हुनु मुख्य समस्या रहेको बताउनुभयो । सुझावकै क्रममा होटल तथा पर्यटन ब्यवसायी समेत रहनुभएका पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले बिरगन्जसङ्गै जोडिएको पर्सा राष्ट्रीय निकुन्जसङ्ग पर्यापर्यटनको पर्याप्त सम्भावना भए पनि निकुन्जमा पर्यटक घुमाउने सफारी गाडीको अभावसङ्गै अन्य पुर्वाधार र पर्यटकमैत्री बाताबरणको बिकासको अभावका कारण पर्यटक आउन नचहेको बताउनुभयो ।

सुझावकै क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निकुन्जको पर्यटन बिकासका लागि आवश्यक सफारी गाडिमा भन्सार छुटको ब्यवस्थासङ्गै लोथरसम्म बिस्तार हुनलागेको नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइनसङ्गै निकुन्जमा पानी ल्याउने पाईपको बिस्तारको आवश्यकता औंल्याउनुभयो ।

सबैको सुझावलाई आत्मसात गर्दै मन्त्री पौडेलले मधेश प्रदेशको एक मात्र निकुन्जको रुपमा रहेको बारा, पर्सा,रौटहट र मकवानपुर गरि चार जिल्लालाई समेटेको निकुन्ज सराकरी नितिका कारण ओझेलमा पर्दा पर्यटनको प्रबर्धन र बिकास हुन नसकेकोमा दुख ब्यक्त गर्दै निकुन्जको बिकासका लागि नितिगत सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । साथै उंहांले निकुन्जको विकासमा स्थानिय र प्रदेश सरकारको लागानिका साथै निजि क्षेत्रको सहकार्यको पनि उत्तिकै खांचो रहेको बताउनुभयो ।

दुर्लभ बन्यजन्तुको  बासस्थानको रुपमा रहेको पर्सा राष्ट्रीय निकुन्ज छिमेकी मुलुक भारतसङ्ग नजिक भएपनी प्रचारप्रसारको अभावसङ्गै पर्यटकिय पुर्वाधारको बिकास हुन नसक्दा पर्सा निकुन्जको बाटो भएर भारतिय पर्यटक सौराहा जाने तर पर्सा राष्ट्रीय निकुन्जमा भ्रमण गर्न नखोज्ने परिपाटिले उक्त निकुन्जले खासै पर्यटक भित्र्याउन सकेको छैन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप