रसुवा र नुवाकोट जिल्लालाई जोड्ने फलाखुखोलामा निर्माण गरिएको अस्थायी बेलिब्रिज आइतबार बिहान ११ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
पुल सन्चालनमा आएसङ्गै त्यस रुटको आवागमन सहज भएको छ । गत भदौ १० गते आएको बाढीले उक्त पक्की पुल बगाएको थियो । जसका कारण विगत ४७ दिनदेखि त्यस क्षेत्रको यातायात सेवा ठप्प बनेको थियो । बेलिब्रिजको निर्माण कार्य सम्पन्न भएर भआइतबारदेखि पुलमाथिबाट आवागमन सहज भएको हो । पुल सञ्चालनमा आएपछि आवागमनमा थपेको ससहजताले लामो समयदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दाको दैनिक जनजीवन पुनः सामान्य बन्न थालेको छ । खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनःनिर्माण र राहत कार्यमा समेत यसले ठूलो सहयोग पुग्ने छ। यातातयात पुनः सञ्चालन भएपछि स्थानीयवासीहरूले खुसी व्यक्त गर्दै अब रसुवा-काठमाडौं आउजाउ गर्न र व्यापारिक सामान ओसारपसार गर्न सजिलो भएको बताएका छन् ।


