सशस्त्र प्रहरी वल, नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साले भारी मात्रामा अबैध सामानहरु बरामद गरेको छ ।
सामानको अबैध चोरी पैठारि नियन्त्रण गर्ने सशस्त्र प्रहरी पर्साको दैनिक अभियान अन्तर्गत असोज २८ गते १४ लाख २५ हजार पांच सय रुपैया बराबरको अबैध सामान बरामद गरेको हो । पर्सा जिल्ला बिरगन्ज महानगरपालिका २५ को खल्वा स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपि ड्राईपोर्ट, पर्साबाट खटिएको टोलिले खल्वा सिमा ईलाकामा धान खेतमा लुकाई छिपाई राखेको अवस्थामा मु.रु.१३,४५,५००।- मुल्य बराबर मानिसले प्रयोग गर्ने बिभिन्न प्रकारको औषधी बरामद गरेको हो ।
त्यस्तै, सोही दिन पर्सा जिल्ला छिपहरमाई गाउंपालिका ५ भिष्वा स्थित सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपि भिष्वाबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ८० हजार रुपैया मुल्य बराबरको जुत्ता, चप्पल, प्लाष्टिकको खेलौना जस्ता सामान बरामद गरेको हो । बरामद गरिएका उक्त अबैध सामान आवश्यक कार्वाहिको लागि भन्सार बुझाउने क्रममा रहेको सशस्त्र प्रहरी वल, नेपाल नम्बर १३ गण हेड्क्वाटर पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज क्षेत्रीले जनाउनुभएको छ ।


