Advertisement
भिडियो

वातावरण संरक्षणमा युवा र विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Advertisement

श्री दुर्गा नमुना मा वि वरेवामा वातावरण संरक्षणमा युवा र विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा सोहि विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा रेखा पटेल प्रथम स्थान हासिल गरेकी छिन्, भने कक्षा ७ मा अध्ययनरत छात्र आनन्द यादव द्वितीय र कक्षा ९ मा अध्ययनरत आकाश गुप्ता तृतीय स्थान हासिल गरेका छन्।  विद्यालयका नौ जना छात्र छात्राहरूले वक्तित्व कला प्रतियोगितामा भाग लिएका थिए।
विद्यालयमा गठन भएको वातावरण संरक्षण क्लबको आयोजनामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण सामाजिक परिवर्तन केन्द्र काठमाडौँले गरेको थियो भने कार्यक्रम सञ्चालन क्लबका कञ्चन केसरी र तनवीर यादवले गरेका थिए। सोही विद्यालयका शिक्षक उमाशंकर यादवले विजेताहरूलाई पुरस्कार वितरण गर्दै विद्यार्थीहरूले वक्तृत्वकला मार्फत व्यक्त गरेका समस्या त्यसको समाधान को उपाय र विद्यार्थीको भूमिकालाई प्रस्तुतिमा मात्र सीमित नराखी यसलाई व्यवहारमा उतार्न समेत अनुरोध गरेका थिए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप