Advertisement
भिडियो

आज कार्तिक शुक्ल षष्टी : छठका ब्रतालुले अस्ताउंदो सुर्यलाई अर्घ दिदै

Advertisement

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज ब्रातलुहरुले अस्ताउँदै गरेको सूर्यलाई विधिपूर्वक अर्घ अर्पण गरेका छन ।

हिजो दिनभरी उपवास बसेर राती खरना गरेका ब्रतालुहरु आज बिहानै स्नान गरी दिनभर कठोर निर्जल व्रत बसेर । दिउंसो नजिकको छठघाटमा पुगेका थिए । छठघाटमा लामो समयको प्रतिक्षापछि सांझ ब्रतालुहरुले अस्ताउंदो सुर्यलाई  अर्घ दिएका हुन ।

कार्तिक शुक्ल चौथी सनिबारका दिन नहाखा गरि ब्रतको शुरुवात गरेर आज षष्टिको अस्ताउंदो सुर्यलाई बिधिपुर्वक अर्घ दिएका छठका ब्रतालुहरु भोलि मङ्गलबार सप्तमीका उदाउंदो सुर्यलाई अर्घ दिएपछी छठ ब्रतको समापन हुन्छ । आज षष्टिका दिन अस्ताउंदो सुर्यलाई अर्घ दिन घरमा तयार पारेका ठेकुवा, कसार, पुरी जस्ता पकवान र मिठाईसङ्गै केरा, स्याउ, सुन्तला, नारिवल जस्ता फलफुल अनि अदुवा, मुला, बोडि, निबुवा, उंखु जस्ता कृषि उपजबाट तयार पारेको अर्घ माटोको भांडा र बांसको सुपा, डाला, टोकरिमा सजाएर छठघट पुगेका ब्रतालुहरु अस्ताउंदो सुर्यलाई अर्घ दिएर घर फर्केका छन ।  भोलि सप्तमिका दिन बिहान उदाउने सुर्यलाई अर्घ दिन ब्रतालुहरु बिहानको झिसमिसेमै अर्घका सामान बोकेर छठघाट पुग्छन ।  घरमा कोशी भाकल गरेका ब्रालुहरु घरमा र कयिपयले छठघाटमा आज राती कोशी भर्छन ।

छठ पर्व सुर्य आराधना र उपासनाको पर्व हो । सूर्यलाई सम्पूर्ण प्राणी, र वनस्पतिका लागि आवश्यक भौतिक ऊर्जाको मूल स्रोत मानिन्छ। यो लौकिक संसारमा सुर्यलाई लौकिक देउता मान्ने चलन छ । सुर्यको रापताप र पानीले जीव र बनस्पतिका लागि बांच्ने र हुर्किने आधार निर्माण गर्ने भएकाले कृषिको प्रधानता रहेको मुलुक नेपाल र भारतका किसानले कृषि उपजका परिकार अर्घको रुपमा तयार गरि पानीमा उभिएर सुर्य र जल दुबैलाई साधुबाद दिने चलन  नै छठको भित्री मर्म हो  ।

यसबाहेक ऋतु परिवर्तन भएसङ्गैको कार्तिक महिनाको मध्य समय अर्थात कार्तिक शुक्ल षष्टि र सप्तमीका दिन सुर्यबाट निस्कने प्रकाश पानीलाई स्पर्श गर्दै शरिरमा पर्दा कुष्ट जस्ता चर्मरोग निको हुने र सन्तान प्राप्तिका लागि आधार निर्माण गर्ने भएकोले पनि यो पर्वलाई आरोग्यता र सन्तान प्राप्तिको पर्वका रुपमा मनाउने चलन रहिआएको छ ।

छठको आफनै धार्मिक  महत्व पनि छ । महाभारतका अनुसार द्रौपदी र पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी कामना गर्दै सूर्यदेवको आराधना गरेका थिए। त्यसै समयदेखि सुर्य आराधनाको पर्व छठको थालनी भएको जनविश्वास छ। त्यस्तै, सूर्य पुराणमा अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य प्राप्त गरेको उल्लेख छ । त्यसपछि यो धार्मिक अनुष्ठान परम्परागत रूपमा प्रचलनमा आएको मानिन्छ । पुराणमा पिता श्रीकृष्णको पुत्र साम्बले सूर्य उपासनाको माध्यमबाट कुष्ठरोगबाट मुकति पाएको कथा रहेको छ। त्यसैले छठ पर्वमा व्रत बस्दा दुःख, दरिद्रता तथा रोग व्याधिबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप