Advertisement
भिडियो

अतिक्रमित वनको जग्गा सँरक्षण गर्दै डिभिजन वन कार्यालय

Advertisement

बाराको निजगढ नगरपालिकाको सिँगौलमा अतिक्रमित झण्डै २० हेक्टर जग्गा खाली गराई उक्त ठाउँमा डिभिजन वन कार्यालय बाराले वृक्षारोपण गरेको छ ।

बषौदेखि अतिक्रमित वनको झण्डै २० हेक्टर अर्थात ३० बिगहा जग्गामा भएको अतिक्रमण खाली गराई त्यसमध्ये करिब १३ हेक्टर अर्थात करिब २० बिगहा जग्गामा डिभिजन वन कार्यालय बाराले बृक्षारोपण गरेको हो । विभिन्न सँघसँस्थाको नाममा अतिक्रमित वनको उक्त जग्गा फिर्ता लिन डिभिजन वन कार्यालय बाराले करिव पाँच वर्ष लामो कानुनी लडाइ नै लड्नु प¥यो । अहिले फिर्ता लिइएको करिब २० बिगहा जग्गामा अतिक्रमणकारीले लगाएको केराबारी फडानी गरि त्यसलाई तारपोलको घेराबेरा लगाएर सँरक्षण गरी नयाँ बिरुवा लगाउने काम भएको हो ।
निजगढ नगरपालिका वडा नम्बर २ सिँगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वनक्षेत्रको २० दशमलव ७८ हेक्टर जग्गा विभिन्न सँघसँस्था तथा व्यक्तिले अतिक्रमण गरी त्यसमा केराबारी लगाएका थिए । केराबारी लगाएको उक्त जग्गामध्ये अहिले १३ हेक्टर अर्थात करिब २० बिघा जग्गाको केराबारी फडानी गरेर डिभिजन वन कार्यालय बाराले विभिन्न प्रजातिका वनबिरुवा तथा फलफुलको बिरुवाको बृक्षारोपण गरेको हो । वन फडानी गरी केराबारी लगाएको यो जग्गा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुकै सँलग्नतामा आवादी गराएको भन्दै अख्तियारमा उजुरी परेपछि २०७७ साल असार ११ गते अख्तियारले निर्णय सहित दोषि देखिएका व्यक्ति उपर कार्यवाही गर्न डिभिजन वन कार्यालय बारालाई निर्देशन दिएको थियो । सोही विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेपछि सर्तकता केन्द्रले समेत डिभिजन वनलाई निर्देशनात्मक पत्राचार गर्यो । वनको जग्गा अतिक्रमण प्रकरणमा डिभिजन वन कार्यालय बाराले २०८० पुष २६ गते वनदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सिद्धबहादुर थापालाई पक्राउ गरी अनुसन्धान अघि बढायो । अनुसन्धाको क्रममा ५२ जनाको सँलग्नता रहेको तथ्य प्रमाणको आधारमा मिसिल तयार गरेकोमा तिमध्ये ३५ जना बिरुद्ध सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत बारामा २०८० माघ २० गते मुदा दायर भयो । अदालतले अध्यक्ष थापासहित ९ जनामाथि वन फडानी र वन अतिक्रमणको कसुर गरेको ठहर गर्दै उनीहरुबाट जरिवाना असुल उपर गर्यो । केहीलाई सफाई दियो भने अदालतमा उपस्थित हुन नआएको केहीको हकमा मुदा मुलतबिमा राखेको छ । अदालतको यो फैसलासँगै अतिक्रमित जग्गा खाली गराउने बाटो खुलेपछि डिभिजन वन कार्यालय बाराको निर्देशनमा सब डिभिजन वन कार्यालय निजगढले बृक्षारोपण गरेको सव डिभिजन वन कार्यालय निजगढका रेन्जर निरज पोखरेलले जनाएका छन ।
वन फडानी गरी विभिन्न सँघसँस्था र व्यक्तिले बर्षौदेखि अतिक्रण गरेको र भाडामा लगाएर केराखेतिसँगै अन्य बाली लगाएको यो जग्गा उनीहरुले केही व्यक्तिलाई बेचबिखन समेत गरेको तथ्य बाहिरिएको थियो । डिभिजन वनले यो जग्गामा वनबिरुवासँगै फलफुलको बिरुवाको बृक्षारोपण गरेसँगै यँहाका स्थानिय खुशी छन् । काँडेतार र पोलले घेराबेरा लगाएर सँरक्षण गरी बृक्षारोपण गर्न पर्याप्त बजेट नभएर अहिले १३ हेक्टर जग्गाको केराबारी फडानी गरि बृक्षारोपण गरेको डिभिजन वन कार्यालय बाराले चालु आर्थिक वर्षको बजेट निकासा भएपछि बाकि रहेको जग्गामा पनि बृक्षारोपण गर्ने डिभिजन वन कायाृलय सिमरा बाराका डिभिजन वन अधिकृत राजिव कुमार झाले जनाएका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप