Advertisement
भिडियो

निजी विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाइने छैन ः गृहमन्त्री लेखक

Advertisement

गृहमन्त्री रमेश लेखकले निजी विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउदैं लैजाने व्यवस्था नराखिने बताउनु भएको छ । प्रतिनिधिसभामा पेश भएको शिक्षा विधेयकमा रहेको केही प्रावधानमा असहमति रहेको र सो सुनुवाई गरिदिनु पर्ने  माग सहितको बीरगन्जका निजी विद्यालयहरुको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले यस विषयमा कुनै द्विविधा नभएको र मन्त्रिपरिषदमा समेत यस विषयमा छलफल भईसकेको समेत खुलाए । गृहमन्त्री लेखकले प्रतिनिधीसभामा पेश भएको शिक्षा विधेयकमा राखिएको निजी विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउदैं लैजाने भन्ने व्यवस्था हटाइने कुरा प्रस्ट पारे । उनले भने, निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामुलक बनाउदैं लैजाने भन्ने व्यवस्था छ, यसका बारेमा म प्रस्ट कुरा गर्न चाहन्छु , त्यो व्यवस्था हटाइन्छ, निजी क्षेत्रका विद्यालयलाई समाप्त गर्ने काम गरिदैंन ।  उनले सरकारी विद्यालयहरुलाई पनि राम्रो बनाउदै निशुल्क शिक्षा दिने हो भन्दै गृहमन्त्री लेखकले निजी विद्यालयमा पनि कोही मानिस पढ्न चाहन्छ भने त्यो व्यवस्था गर्ने र निजी विद्यालयहरुलाई पनि जीवित राख्ने प्रस्ट पारे । बीरगन्जमा निजी विद्यालयहरुले आईतबार गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउदैं आफ्ना मागहरु सम्बन्धमा सरकारलाई गम्भीर भईदिन आग्रह समेत गरे । प्याब्सनको केन्द्रिय सदस्इ छेदुप लामा, पर्सा जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, सचिव अशोक संग्रौला, नगर अध्यक्ष राहुल श्रीवास्तव, नगर सदस्य बिजय बल, एन प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, नगर अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहर, सन्नी दुवे लगायतको निजी विद्यालयका सन्चालकहरुको टोलीले निजी विद्यालय सिद्ध्याउने गरी सिफारिस भएको विधेयकमा संशोधन गरेर मात्र प्रतिनिधिसभाबाट पारित हुनुपर्ने भन्दै गृहमन्त्री लेखकको ध्यानाकर्षण गराए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप