जितेन्द्र प्रसाद सोनार (सोनल) ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी हुन् । मुख्यमन्त्री सोनलसङ्गै जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकिकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेलले पनि पद तथा गोपनियताको सपथ लिएका छन । उनिहरु दुबै जना बिना विभागीय मन्त्री बनेका हुन। बुधबार साँझ ५ दलका ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दलिय भागबण्डामा जसपालाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार मन्त्रालय, लोसपा, माओवादी र नेकपा एसलाई दुई/दुई मन्त्रालय दिइने सहमति भएको छ ।