Advertisement
भिडियो

बारामा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

Advertisement

बाराको पथलैया नजिक डुङ्ग्रे पुलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल बिहान करिब २ बजे अनियन्त्रित भई जितपुर सिमरा उपमहानगरपालिकाको पथलैया नजिकको डुङ्ग्रे पुलको रेलिङमा ठोक्किदा उक्त मोटरसाइकल्मा सवार दुई जना  गम्भीर घाइते भएका थिए ।  उपचारको क्रममा ती दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका दुबैजनालाई उपचारका लागि एल एस न्युरो अस्पताल परवानीपुर पठाउने क्रममा दुबैजनाको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख बेदप्रकाश जोशिले जानकारी गराएका छन ।
मृत्यु हुनेमा मोटरसाईकल चालक जितपुर सिमरा उपमहानगरपालिका १५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तमाङ रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएका छन । घटनास्थल पुगेको प्रहरी टोलिले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप