Advertisement
भिडियो

हल्खोरिया साझेदारी वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

Advertisement

बाराको जितपुरसिमरा वडा नम्बर १५ स्थित हल्खोरिया साझेदारी वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न भएको छ ।

विशेष कारणबश गत आर्थिक बर्षमा साधारण सभा गर्न नसकेको हल्खोरिया साझेदारी वन उपभोक्ता समुहले आर्थिक बर्ष २०८०/८१ र ८१/८२ गरि दुई बर्षको आय ब्यय सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो । समुहका अध्यक्ष बिकल्प भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापती नरेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यता तथा डिभिजन बन कार्यालय बाराका प्रमुख राजिव कुमार झा, मधेश प्रदेश वन निर्देशनालयका निर्देशक  जग्गनाथ प्रसाद जयसवालको विशेष आतिथ्यतामा सम्पन्न साधारण सभामा वनसङ्ग सरोकार राख्ने विभिन्न सरोकारवाला र उपभोक्ताहरुको सहभागिता रहेको थियो । डुमरवाना क्याम्पसको प्रागणमा सम्पन्न साधारण सभामा  हल्खोरिया साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष बिकल्प भट्टराईले समुहको बार्षिक आय ब्ययको प्रतिबेदन सार्वजनिक गरेका थिए । २०३८.४६ हेक्टर वन क्षेत्र रहेको हल्खोरिया साझेदारिले वन ब्यवस्थापनसङ्गै बारा जिल्लाका ६ वटा पालिकाका उपभोक्ताका लागि आवश्यक काठ दाउराको आपुर्तिमा पुर्याएको योगदानका बिषयमा प्रकाश पार्दै अध्यक्ष भट्टराईले वनको सिमा बिस्तार गर्नका लागि बर्षौंदेखी अतिक्रमीत वनको जग्गा खाली गराउन र त्यसमा बृक्षारोपण गर्न समितिले उल्लेख्य काम गरेको बताए । उनले आफू अध्यक्ष भएपछी अहिलेसम्म साझेदारी बनबाट १४ हजार ४ सय २६ दशमलव ४६ क्यु फिट काठ उत्पादन गरि ४ सय ५० उपभोक्तालाई बितरण गरेको बताए । वनको बिकास तर्फ बिगत दुई बर्षमा ५४ हेक्टर बनको झाडि सफाई गरि सालको काठ पुनरुत्पादनको कार्य गर्नुका साथै गत आर्थिक वर्ष २०८१/८२ मा २० हेक्टर वन क्षेत्रमा बृक्षारोपण गरेको बताए । पहिला सरकारद्वारा ब्यवस्थित वनमा आम उपभोक्ताको अपनत्व कायम गर्दै वनको ब्यवस्थापनमा उपभोक्तासमेतलाई सहभागि गराउने उदेश्यले गठित साझेदारी वनले वनको ब्यवस्थापनमा उल्लेख्य काम गरे पनि कतिपय साझेदारी वन उपभोक्ता समूह र त्यसका सदस्यहरु वनको ब्यवस्थापनभन्दा पनि उपभोगमा बढी केन्दृत हुंदा अपेक्षाकृत रुपमा वनको ब्यवस्थापन हुन नसकेको विभिन्न वक्ताहरुले टिप्पणी गरेका थिए ।

जनसंख्याको आकार बाक्लो हुँदै गएको मधेश प्रदेशमा बढदो जनसंख्यालागि आवश्यक प्राणबायु अक्सिजनसङ्गै काठदाउरा र स्वच्छ जलवायुका लागि वनको बिकास अपरिहार्य भएपनी जनसंख्याको अनुपातमा वनको बिकास हुनुपर्नेमा मधेशको कुल क्षेत्रफलको ४ प्रतिशतमा वन सिमित हुनु मधेशकै लागि दुर्भाग्यको विषय भएको र यसले बातवरणिय सन्तुलनलाई असर पारेकोमा दुख ब्यक्त गर्दै डिभिजन वन प्रमुख राजिव झा र बन निर्देशक जैसवालले त्यसमा सुधारका लागि अतिक्रमणको नियन्त्रण र खाली जग्गामा बृक्षारोपण गर्ने गराउने कार्यमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

सभाका प्रमुख अतिथी नरेन्द्र साहले पहिलेको तुलनामा पच्छिल्लो समय बनको संरक्षण र ब्यवस्थापनमा डिभिजन वन कार्यालय बारा र मातहतका सब डिभिजन, साझेदारी र सामुदायिक वन समितिहरुलेअतिक्रमित जग्गा खाली गराएर गरेको बृक्षारोपणले अहिले वन क्षेत्रमा सुधार आएको आफ्नै आंखाले देखेको अनुभव सुनाउंदै वनको संरक्षण र विकासमा अझ ससक्त भएर लाग्न सबैलाई अनुरोध गरे ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप