मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री सोनारले आज साँझ प्रदेश प्रमुखलाइ लिखित राजीनामा बुझाएका हुन । राजीनामा पत्रमा उनले “मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु, पदमा रहँदा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन ।” भनेर उल्लेख गरेका छन । मुख्यमन्त्री सोनलले बुझाएको राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ । यो सङ्गै औपचारिक रूपमा मुख्यमन्त्री सोनलको कार्यकाल समाप्त भएको छ । सत्तारूढ गठबन्धनमा उत्पन्न मतभेदपछि बिश्वासको मत पाउने आधार नदेखेपछी उनले आज राजीनामा बुझाएका हुन् । आज मुख्यमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम थियो ।

