Advertisement
भिडियो

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

Advertisement

मधेश प्रदेश सरकारका विवादित मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरेका छन् ।

उनको नियुक्तिलाई लिएर आन्दोलनकारीले गरेको विरोधका बावजूद मुख्यमन्त्री सरोज कुमार यादवले मङ्गलबार सांझ ५ बजे मुख्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् । मधेश भवनस्थित मुख्यमन्त्रीको कार्यालयमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा मुख्यमन्त्री यादवले मधेश आन्दोलनमा शहीद भएका सम्पूर्ण वीर शहीदहरूलाई मधेश प्रदेश सरकारद्वारा मधेश रत्न घोषणा गरी सम्मान गरिने निर्णयमा गरेका छन् । त्यसैगरी उनले मधेश प्रदेशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विकास, समृद्धि, शान्ति सुरक्षालाई मजबुत राखी, प्रदेशभरी सुशासन तथा अमन चयन कायम राख्न सम्बन्धित सबै सुरक्षाकर्मीलाई परिचालन गर्ने दोस्रो निर्णय गरेका छन ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप