Advertisement
भिडियो

सुर्य नेपालको कर्मचारी बताउंदै ठगी गर्नेहरु प्रहरिको फन्दामा

Advertisement

बाराको सिमरास्थित सूर्य नेपाल प्रालिको कर्मचारी भएको दाबी गर्दै विभिन्न व्यापारीलाई ठगी गर्ने तीन जनालाई मकवानपुरमा प्रहरीले पक्राउ गरेको छ।

ठगिको आरोपमा पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज महानगरपालिका वडा नम्बर १९ का ४० वर्षीय रामराउत कुर्मी र वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा डेरा गरी बस्दैआएका नितेशकुमार  केशरी रहेको प्रहरिले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू आफूलाई सूर्य नेपाल प्रालिको कर्मचारी भनेर हेटौँडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र रकम बुझाएको देखिने नक्कली बैंक भौचर व्हाट्सएपमार्फत पठाउने गरेका थिए । व्यापारीहरूले सामान वीरगन्ज पठाएपछि मात्र ठगी भएको थाहा पाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरिका अनुसार उनीहरूले विभिन्न समयमा व्यापारीहरूबाट १७ लाख ८७ हजार बराबरका सामान ठगी गरेको पाइएको छ ।  उनीहरूमाथी आवश्यक अनुसन्धान गर्न प्रहरिले अदालतबाट म्याद थप गराएर कानुनी प्रकृया अगाडि बढाएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप