धनुषामा प्रहरीले नै एक वडाध्यक्षको गोलि हानेर हत्या गरेका छन । मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष बिन्देश्वर यादवको गोलि हानी हत्या गरिएको हो । उनलाई अरु कसैले नभै धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका हुन । गोलि हानेर हत्या गर्ने प्रहरी यादवलाई धनुषा प्रहरीले हिरासतमा लिएको छ । आफ्नै गाउंमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताए ।
धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले घटना सम्बन्धमा पूर्ण विवरण नआएको बताए । तर, एक जना वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको उनले बताए ।

