पर्सास्थित गण्डक नहर किनार तथा महुवन पारसनाथ मन्दिरको अतिक्रमित जग्गा खाली गराउंदै प्रशासन

Advertisement

वीरगन्जस्थित नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आइतबारदेखि पर्सास्थित गण्डक नहर किनारमा गरिएको अतिक्रमण हटाउने कार्य शुरु गरेको छ ।

गण्डक नहर किनारको जग्गा मिचेर स्थानियले लामो समयदेखि निर्माण गरेको घर, टहरा र अन्य अवैध संरचनाहरूलाई  सिचाई कार्यालयले आजदेखि हटाउने कार्य शुरु गरेको हो । नहरको किनारमा भएको अतिक्रमणले नहरको क्षमता विस्तार र नियमित सरसफाइमा समस्या उत्पन्न भएपछि प्रशासनको सहयोगमा सिचाईले ति अबैध संरचना हटाउने कार्य शुरु गरेको हो ।
त्यस्तै, पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित पारसनाथ महादेव मठमा पर्ने गुठी संस्थानको ५ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने कार्य शुरु गरिएको छ । महुवनको पारसनाथ महादेव मन्दिरको हकभोगमा रहेको कित्ता नम्बर २७६ को करिब साढे पाँच बिघा गुठी संस्थानको जग्गामा तिन सय ८० घरधुरीले अतिक्रमण गरि घरटहरा बनाएका थिए । आइतबार बिहानैदेखि डोजर लगाएर उक्त अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको छ । अतिक्रममित जग्गा खाली गर्न गुठी संस्थान वीरगन्जले २०८१ पुस २९ गते सुचना जारी गरेर ३ दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप