वीरगन्जस्थित नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आइतबारदेखि पर्सास्थित गण्डक नहर किनारमा गरिएको अतिक्रमण हटाउने कार्य शुरु गरेको छ ।
गण्डक नहर किनारको जग्गा मिचेर स्थानियले लामो समयदेखि निर्माण गरेको घर, टहरा र अन्य अवैध संरचनाहरूलाई सिचाई कार्यालयले आजदेखि हटाउने कार्य शुरु गरेको हो । नहरको किनारमा भएको अतिक्रमणले नहरको क्षमता विस्तार र नियमित सरसफाइमा समस्या उत्पन्न भएपछि प्रशासनको सहयोगमा सिचाईले ति अबैध संरचना हटाउने कार्य शुरु गरेको हो ।
त्यस्तै, पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित पारसनाथ महादेव मठमा पर्ने गुठी संस्थानको ५ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने कार्य शुरु गरिएको छ । महुवनको पारसनाथ महादेव मन्दिरको हकभोगमा रहेको कित्ता नम्बर २७६ को करिब साढे पाँच बिघा गुठी संस्थानको जग्गामा तिन सय ८० घरधुरीले अतिक्रमण गरि घरटहरा बनाएका थिए । आइतबार बिहानैदेखि डोजर लगाएर उक्त अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको छ । अतिक्रममित जग्गा खाली गर्न गुठी संस्थान वीरगन्जले २०८१ पुस २९ गते सुचना जारी गरेर ३ दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको थियो ।

